धनगढी। गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ।
काठमाण्डौंमा रहनू भएका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना र सुरक्षा सवाल लगायतको विषयमा छलफल गरेको हो। छलफलको क्रममा गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएको बताएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।
शुक्रबार मध्यराति कारागारको ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि रड, जिमखानाको सामग्री, ढुङ्गाले अन्धाधुन्ध आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको छ। हिंसात्मक झडपमा परेर ४७ जना कैदी घाइते भएका छन्।
जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीरमध्ये दुई जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटना पश्चात कैलाली कारागारलाई कैदीले नियन्त्रणमा लिएका छन्। उनीहरुले मूल गेटमा ताल्चा लगाइ ग्यास सिलिण्डर तेस्र्याएको जनाइएको छ। कारागारभित्र कोही पस्ने प्रयास गरे सिलिण्डर पड्काए आगो लगाउने उनीहरुको चेतावनीका कारण सुरक्षा निकायसमेत कारागारमा प्रवेश गर्न सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...
मंसिर २४ गते, २०८२ - १४:१०
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...
मंसिर २४ गते, २०८२ - १४:०१
पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...
मंसिर २४ गते, २०८२ - १३:४१
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...
मंसिर २४ गते, २०८२ - १३:३१
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...
मंसिर २४ गते, २०८२ - १३:१५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...




प्रतिकृया लेख्नुहोस्: