हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल २०६८ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो। तर निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसकेपछि ठेकेदार कम्पनी परिवर्तन गरियो, पटक–पटक म्याद थपियो, तर पुल अझै सञ्चालनमा आउन सकेको छैन।
पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। विशेषगरी वर्षायाममा कमला नदी पार गर्न उनीहरू डुंगाको भर पर्न बाध्य छन्। दैनिक रोजगारी, व्यापार, शिक्षा र स्वास्थ्य सेवाका लागि नदी वारपार गर्नुपर्ने सर्वसाधारणले ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको गुनासो गरेका छन्।
हाल नदीमा दुईवटा डुंगा सञ्चालनमा छन्। यात्रुले नदी पार गर्न प्रतिव्यक्ति ५० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ भने मोटरसाइकल वा अन्य सामान वारपार गराउन १५० रुपैयाँसम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन्।
२०७८ सालको बाढीले पुलका दुईवटा पिलर भासिएपछि निर्माण कार्य थप प्रभावित भएको थियो। त्यसपछि बिमा रकमसम्बन्धी विवाद अदालतसम्म पुगेकाले काम अझै लम्बिएको बताइन्छ।
पुल निर्माण अधुरै रहँदा जनकपुरधाम र सिरहाबीचको आवागमन प्रभावित भएको छ। वर्षायाममा डुंगा र हिउँदमा अस्थायी संरचनाको सहारामा यात्रा गर्नुपर्ने बाध्यताले स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ।
स्थानीयवासीले अब केवल आश्वासन नभई कमला पुलको निर्माण शीघ्र सम्पन्न गरी सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। “हरेक वर्ष वर्षा लाग्दा ज्यानै जाने हो कि भन्ने डर हुन्छ,” एक स्थानीयले भने, “हामीलाई भाषण होइन, पुल चाहिएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: