Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण १३ प्रतिशत नजिक

खबरडबली संवाददाता

कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हाल १२.८५ प्रतिशत पुगेको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीका अनुसार बन्दरगाह क्षेत्रमा भन्सार, सशस्त्र प्रहरी तथा कर्मचारी आवाससहित विभिन्न संरचना निर्माणको काम भइरहेको छ। हाल टर्मिनल, भन्सार भवन र अन्य आवासीय पूर्वाधार निर्माण भइरहेका छन्।

भारतीय सहयोगमा निर्माण भइरहेको उक्त परियोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको लागत भारतीय रुपैयाँ २ अर्ब ३७ करोड रहेको छ।

दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा बन्ने सुक्खा बन्दरगाहका लागि नेपाल र भारतबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

४२.३६ हेक्टर क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुई गोदाम, भन्सार जाँच केन्द्र, क्वारेन्टाइन, अध्यागमन तथा सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण गरिनेछ। बन्दरगाहसम्म पुग्ने नेपालतर्फको छ लेन पहुँचमार्ग र महाकाली नदीमाथिको चार लेन पुल सञ्चालनमा आइसकेको छ भने भारततर्फ पहुँचमार्ग निर्माणको काम जारी छ।

सञ्चालनमा आएपछि दोधारा–चाँदनी सुक्खा बन्दरगाहले सुदूरपश्चिमको व्यापार, लगानी र आर्थिक गतिविधिमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पत्ति शुद्धीकरण मुद्दा : सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

काठमाडौं  । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...

मेसी, एम्बाप्पे र हालाण्ड चम्किए, अब रोनाल्डोको पालो

काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...

गोदाममा मल, खेतमा अभाव : सरकारको दाबी र किसानको यथार्थबीच ठूलो खाडल

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण १३ प्रतिशत नजिक

कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...

भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग र बगान बन्द गर्ने घोषणा

झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...

‘जीबी राईलाई ल्याउँछौं भन्नेहरू आज किन मौन ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजीमा सरकार गम्भीर नदेखिएको आरोप लगाए...

एउटै बोटमा मालदह र दशहरी आँप फलेपछि किसान चकित

महोत्तरी । तराई–मधेसमा आँपको मौसम चलिरहेका बेला महोत्तरीमा एउटा अनौठो दृश्य देखिएको छ। भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको ...

रोनाल्डोमाथि सबैको नजर, आज पोर्चुगलसँग कंगोको चुनौती

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘के’ अन्तर्गतको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे स...

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending