सल्यान, धनुषा, दाङ, रौतहटदेखि काभ्रेपलाञ्चोकसम्मका किसानले रोपाइँको समयमा डीएपी र युरिया मल नपाएको गुनासो गरेका छन्। सहकारी, डिलर र साल्ट ट्रेडिङका कार्यालय धाउँदा पनि मल नपाइएको किसानहरूको भनाइ छ। कतिपयले गोठे मल र जैविक विकल्पको सहारा लिएर खेती गरिरहेका छन् भने केही किसान महँगो मूल्यमा बजारबाट मल किन्न बाध्य भएका छन्।
रासायनिक मल अभावका कारण उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ। रोपाइँको सुरुवाती चरणमै आवश्यक पर्ने डीएपी मल नपाउँदा बालीको उत्पादकत्वमा असर पर्ने उनीहरूको भनाइ छ।
यता कृषि, वन तथा वातावरण मन्त्रालयले भने देशभर करिब १ लाख ४० हजार टन मल मौज्दात रहेको जनाएको छ। मन्त्रालयका अनुसार समस्या अभावको नभई वितरण प्रणालीको हो। स्थानीय तह, सहकारी र डिलरहरूले समयमै कोटा नउठाउँदा गोदाममा मल थन्किएको दाबी गरिएको छ।
सरकारी तथ्यांकअनुसार विभिन्न प्रदेशका जिल्ला शाखामा हजारौँ टन युरिया, डीएपी र पोटास मौज्दात भए पनि त्यो किसानसम्म समयमै पुग्न सकेको छैन। मन्त्रालयले वितरण व्यवस्थापनमा कमजोरी भएको स्वीकार्दै स्थानीय तह र सहकारीलाई जिम्मेवार ठहर गरेको छ।
यसबीच अनुदानको मल लुकाएर कालोबजारी गर्ने घटनासमेत सार्वजनिक भएका छन्। सिन्धुपाल्चोक, बारा र सिरहामा प्रहरीले छापा मारेर सयौँ बोरा अनुदानको मल बरामद गरेको छ। अनुसन्धानका क्रममा किसानलाई मल अभाव देखाएर बिचौलियाले महँगोमा बिक्री गर्ने गरेको तथ्य पनि बाहिर आएको छ।
कृषि मन्त्रालयले कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको जनाएको छ। तर किसानहरू भने हरेक वर्ष दोहोरिने मल संकटको स्थायी समाधान खोज्न सरकार असफल भएको आरोप लगाइरहेका छन्।
असारभरि रोपाइँको चाप बढ्ने भएकाले समयमै मल आपूर्ति व्यवस्थापन गर्न नसके यस वर्षको धान उत्पादनमा समेत असर पर्ने कृषि क्षेत्रका जानकारहरूको चेतावनी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - २१:२१
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...
आषाढ़ ३ गते, २०८३ - २१:१८
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...
आषाढ़ ३ गते, २०८३ - २०:५५
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...
आषाढ़ ३ गते, २०८३ - २०:३५
कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...
आषाढ़ ३ गते, २०८३ - २०:२७
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...
आषाढ़ ३ गते, २०८३ - २०:२२
झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...
आषाढ़ ३ गते, २०८३ - २०:१८
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजीमा सरकार गम्भीर नदेखिएको आरोप लगाए...
आषाढ़ ३ गते, २०८३ - २०:१६
महोत्तरी । तराई–मधेसमा आँपको मौसम चलिरहेका बेला महोत्तरीमा एउटा अनौठो दृश्य देखिएको छ। भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको ...
आषाढ़ ३ गते, २०८३ - २०:०८
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘के’ अन्तर्गतको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे स...
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...



प्रतिकृया लेख्नुहोस्: