धनगढी। कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो । शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहनू भएको छ ।
सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहनू भएको छ । छानबिन समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनू भएका सदस्य सचिव जोशीले जानकारी दिए।
शुक्रबारराति करिब पौने १ बजे दुई पक्षका कैदीबिच झडप भएको थियो । उनीहरुबिच जिम गर्ने सामग्रीले हानाहान भएको सूचना आएको कारागारका खरिदार रामप्रसाद चौधरीले जानकारी दिए।
झडपमा परी धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । ४७ जना घाइते भएका छन् । उनीहरुको टाउको, हात, मुख लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १७:२९
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...
चैत्र १० गते, २०८२ - १७:२२
देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप
चैत्र १० गते, २०८२ - १७:१२
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...
चैत्र १० गते, २०८२ - १६:५२
नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...
चैत्र १० गते, २०८२ - १६:३९
काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...
चैत्र १० गते, २०८२ - १६:२६
काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...
चैत्र १० गते, २०८२ - १६:११
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...
चैत्र १० गते, २०८२ - १५:५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...
चैत्र १० गते, २०८२ - १५:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...


प्रतिकृया लेख्नुहोस्: