जापान । हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ ।
सन् १९४५ अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले पश्चिमी जापानी शहरमा ‘लिटिल ब्वाय’ खसालेको क्षणको जापानको स्थानीय समयअनुसार बिहान ८:१५ बजे मौन प्रार्थना गरिएको थियो ।
बिहानीपख कालो पोसाक लगाएका सयौँ अधिकारी, विद्यार्थी र आक्रमणका समय बाँचेकाहरूले मृतकको सम्झनामा बनाइएका स्मारक (सेनोटाफ) मा फूलहरू चढ्याएर उनीहरूप्रति भावपूर्ण श्रद्धा व्यक्त गरेका छन् । श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै हिरोशिमाका मेयर काजुमी मात्सुईले मृतकको सम्झना गर्दै उनीहरू श्रद्धाञ्जलि अर्पण गरे ।
कार्यक्रममा उनले युक्रेनमा रुसको आक्रमण र मध्यपूर्वमा जारी अराजकताको पृष्ठभूमिमा ‘विश्वभरि नै सैन्य निर्माणतर्फ तीव्र प्रवृत्ति बढेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, “यी घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायले इतिहासको त्रासदीबाट सिक्नुपर्ने पाठलाई बेवास्ता गरेको देखिन्छ ।” उनले थपे, “उनीहरूले शान्ति स्थापनाका लागि गरिएको धेरै मेहनत ध्वस्त पार्ने चेतावनी दिएका छन् ।” हिरोशिमा आक्रमणमा मृत्यु हुनेको अन्तिम सङ्ख्या लगभग एक लाख ४० हजार थियो । उनीहरू विशाल विस्फोट र आगोको गोलाले मात्र होइन, आक्रमण र त्यसपछिको विकिरण, प्रदूषण र सङ्क्रमणका कारण पनि प्रभावित भएका थिए ।
‘लिटिल ब्वाय’ को तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा अर्को आणविक बम विस्फोट हुँदा ७४ हजार मानिसको मृत्यु भएको थियो । आक्रमणपछि तत्कालीन विश्व शक्ति जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको पनि अन्त्य भएको थियो । आज हिरोशिमा १२ लाख जनसङ्ख्या रहेको एक समृद्ध महानगर बनेको छ तर आक्रमणहरू धेरैको सम्झनामा जीवितै छन् ।
समारोहको सुरूवातमा ‘सेनोटाफ’को अगाडि पीडितहरूलाई श्रद्धाञ्जलि दिन लामबद्ध ठूलो भीडले मृतकको सम्झनामा प्रार्थनासँगै भएको थियो । बुधबार बिहान सबेरै भएको सभामा आक्रमणमा परी आफ्ना प्रियजन गुमाएका परिवार पनि प्रार्थना गर्न आएका थिए । आफ्नो नातिसँग ह्वीलचेयरमा आएकी ९६ वर्षीया योशी योकोयामाले आक्रमणको कहानी सुनाउँदै यसमा आफूले आफ्ना आमाबुबा र हजुरबा हजुरआमालाई विस्फोटसँगै गुमाएको बताए ।
अझै पनि जीवित रहेकी योकोमायाले भनिन्, “मेरा हजुरबुवाको मृत्यु बम विस्फोटलगत्तै भएको थियो भने मेरा बुबा र आमा दुवैको विस्फोटबाट फैलिएको विकिरणका कारण क्यान्सर भई मृत्यु भएको थियो ।” उनले प्रसङ्गलाई जोड्दै भनिन्, “मेरा सासू-ससुराको विस्फोटका कारण मृत्यु भएको थियो । त्यसैले शान्तिपछि युद्धभूमिबाट फर्किदा मेरा पतिले उनीहरूलाई नदेखेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: