सल्यान । करदाता सेवा कार्यालय सल्यानले एक वर्षको अवधिमा ५० करोड ७५ लाख १८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।
सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वी गरेर तीन जिल्ला सेवा क्षेत्र रहेको करदाता सेवा कार्यालय सल्यानले आन्तरिक राजस्व विभागबाट प्राप्त लक्ष्य भन्दा करिब २० प्रतिशत कम तर अघिल्लो आर्थिक वर्षभन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख नवीनकुमार वलीका अनुसार आर्थिक वर्ष २०८१-०८२ का लागि ६३ करोड ३१ लाख ३९ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य थियो । लक्ष्य भन्दा १९.८३ प्रतिशत कम राजस्व उठेको उनको भनाइ छ । आर्थिक वर्ष २०८१-०८२ मा आयकर तर्फ २९ करोड ८८ लाख ४२ हजार, मूल्य अभिवृद्धि कर तर्फ १७ करोड ६९ लाख ७३ हजार रुपियाँ सङ्कलन भएको छ । कार्यालयका अनुसार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले बहाल कर बर्सेनि घट्दो क्रममा छ ।
एक करोड ३७ लाख ९४ हजार रुपियाँ बहाल कर सङ्कलन भएकोमा अन्तःशुल्क कर तर्फ एक करोड ३० लाख १७ हजार रुपियाँ तथा ब्याज कर बापत ४८ लाख ७५ हजार र शैक्षिक करबाट १६ हजार रुपियाँ मात्रै सङ्कलन भएको कार्यालय प्रमुख वलीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६२ करोड ७९ लाख १६ हजार रुपियाँ लक्ष्य रहेकोमा ४७ करोड ७० लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
राजस्व सङ्कलनको लक्ष्य नै बढी हुने एवम् राजस्व सङ्कलनको मुख्य लक्ष्य आयकर र मूल्य अभिवृद्धि कर भएकाले सरकारी रकम नै बढी खर्च नभएमा राजस्व सङ्कलन कम हुने कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा केही मुख्य ठुला आयोजनाहरूको भुक्तानी नहुँदा मूल्य अभिवृद्धि करको रकम कम उठेको कार्यालय प्रमुख वलीको भनाइ छ । “विजक प्रणालीमा पनि चुहावट देखिन्छ, सामान बिक्री गर्दा विजक लिने दिने नहुँदा तथा दर्ता नगरेर नै मदिरा बिक्री वितरण हुने र हाम्रो देशमा ४९ प्रतिशत अनौपचारिक अर्थतन्त्र भएकाले पनि राजस्व कम उठ्ने गरेको छ”, उनले भने ।
करदाता सेवा कार्यालय अन्तर्गत व्यवसाय गर्ने जम्मा २० हजार १४४ करदाताहरू रहेका छन् । राजस्व सङ्कलन वृद्धिका लागि कर शिक्षा तथा सचेतना एवं बजार अनुगमन, कर छुट सम्बन्धी जानकारी प्रदान गर्ने गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा करिब ३२० पसलको बजार अनुगमन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: