काठमाडौँ । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको छ ।
‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ’, उनले भने, ‘सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।’
महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन् । गतका वर्षमा पनि साउन महिना लागेपछि माछा मासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उनले अनुभव सुनाए ।
साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछा मासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ । उनी भन्छन्, ‘अहिले पसल सुनसान छ ।’
कलङ्कीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा गिरावट आएको गुनासो गरे । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए ।
हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा साना ठुला पशु वधस्थल छन् । साना ठुला गरी राँगा भैँसीका करिब २५० वधस्थल छन् । पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछा मासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा.अवधेश झाले जानकारी दिए । यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । माछा मासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ ।
‘बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो,’ झाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: