बिर्तामोड । झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०-०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१-८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले नागरिकता परित्याग गरी गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
गैर आवासीय नागरिकता लिनका लागि नेपाली नागरिकता परित्याग गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी मान्यता रहेकाले नेपालीहरूले बर्सेनि नागरिकता परित्याग गर्दै आइरहेका छन् ।
यसै गरी गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयबाट वंशज २२ हजार ४० र वैवाहिक अङ्गीकृत छ सय ७५ गरी २२ हजार ७ सय १५ वटा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताए ।
१ वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रसाईँले बताउनुभयो । १ वर्षको अवधिमा २२ हजार ४ सय ३२ वटा राहदानी वितरण गरिएको र सात सय ८९ वटा नाबालक परिचयपत्र समेत वितरण गरिएको छ ।
१ वर्षमा जिल्ला प्रशासनबाट संस्था दर्ता ७८, संस्था नवीकरण सात सय २१, जातीय प्रमाणित ५ सय २९ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन गरेको जनाएको छ । कार्यालयले हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचय पत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताए ।
कार्यालयले प्रकोप पीडित १९ जना (पाँच जना मृतकसहित) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १ सय ९ वटा हतियार नवीकरण गरेको छ । अभद्र व्यवहार सम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाह सम्बन्धी एक वटा मुद्दा फर्स्यौट गरिएको कार्यालयले जनाएको छ । कार्यालयले सोही अवधिमा ११ करोड २१ लाख २८ हजार दुई सय २६ राजश्व सङ्कलन समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: