Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सप्तरीमा खानेपानीको अभाव

खबरडबली संवाददाता

राजविराज । सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ  । जिल्लाको उत्तरी, पश्चिी भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो । मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा वर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि  खानेपानीको अभाव भएको छ  । 

सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका –५ खोजपुरका महेन्द्र ठाकुरले बताए । उनले भने, ‘यस भेगमा विगत डेढ÷दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिपबोरिङबाट पनि पानी आएको छैन ।’
उनले चुरेक्षेत्रबाट खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यसवर्ष पानी सुकेको बताए । नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यसवर्ष सुक्खा बालुवा नै देखिएको छ । यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । उनले भने, ‘नदी, चपाकल र डिपबोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरिको अन्य वडामासमेत पानीको अभाव देखिएको छ ।’ 

खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ । राजगढ गाउँपालिका र सुरुङगा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकाश पालिकामा खानेपानीको अभाव रहको देखिएको छ  ।

लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधादर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेका छन् । जिल्लाको सुरुङा नगरपालिका–१० थलहा र सिसुवा, राजगढ गाउँपालिका–३ नर्घो, रुपनी गाउँपालिका–१ र २ पिपराही, विष्णुपुर गाउँपालिका–३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका(३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पुर्याइरहको छ  । 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्रमार्फत खानेपानी वितरण थालेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको ...

विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामाथि मन्त्रालयको अनुगमन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा तहका शिक्षण संस्थाहरूलाई दिइएको निर्देशन कार...

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने

गण्डकी । कास्कीमा क्रियाशील राजनीतिक दलहरूबिच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा शुक्र...

जनता र संविधानको रक्षा गर्न समाजवादी शक्तिबीच एकता: प्रचण्ड

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधानको रक्षा गर्न बामपन्थी तथा समाजवादी शक्तिबीच एकत...

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना खुल्याे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू...

२०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्ष...

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको ...

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सबैको साझा दायित्व

निजी लाभको उद्देश्यले सार्वजनिक पद, कार्यालय वा स्रोत–साधनको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो । भ्रष्टाचार केवल नगद वा जिन्सी आर्जनमा सीमित छैन, यो धनी...

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending