Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

खबरडबली संवाददाता

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो मालवाहक डिब्बा नेपाल भित्रिएको जानकारी दिँदै स्थानीय टिमुरे भन्सार कार्यालयले दिनभरीमा ३७ वटा ट्रक तथा डिब्बा नवनिर्मित पुल हुँदै नेपाल भित्रिएको जनाएको छ ।

टमुरेस्थित भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार स्याउ बोकेका आठ, ओखर बोकेका १०, जलविद्युत्का समान बोकेका छ, रेडिमेट सामग्री बोकेका १३ वटा ट्रक तथा डिब्बा बिहीबार नेपाल भित्रिएका हुन् ।

रसुवागढी नाकाबाट २३ किलोमिटर उत्तरमा रहेको केरुङबाट यसअघि सामन्यतया लत्ताकपडा, फलफूल, ओखर, विद्युतीय सामग्रीलगायत सामान लिइ दैनिक सरदर २० वटा ट्रक तथा डिब्बा नेपाल भित्रिने गर्दथे ।

केरुङबाट करिब पाँच हजार किमी दूरीमा रहेको चीनको ‘गोन्झाओ’ र ‘इयु’ क्षेत्र हुँदै चिनियाँ समान नेपालतर्फ ढुवानी हुने गरेको चिनियाँ मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले जानकारी दिए । यसैगरी, केरुङबाट करिब ८०० किमीमा रहेको तिब्बतको प्रमुख सहर ल्हासा र करिब ४०० किमी दूरीमा रहेको सिँगत्से हुँदै पनि केही सामान नेपालतर्फ ल्याइने गरेको मुसा कम्पनीले जनाएको छ ।

गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित पक्की पुल बगाएपछि दुईतर्फी आवतजावत ठप्प हुँदै आएकामा हिजोदेखि बेलीब्रिज सञ्चालनमा आएसँगै ट्रक तथा डिब्बा गुड्न थालेका हुन् ।

नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू ६ महिनापछि समान लिइ नेपालतर्फ आउन सुरु गरेको टिमुर भन्सार कार्यालयले जनाएको छ । बिहीबार रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा समान लिनेक्रममा केरुङतर्फ गएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चिनियाँ सरकारले प्राथमिकतामा राखेको रसुवागढी नाका काठमाडौँबाट पृथ्वी राजमार्गको गल्छी हुँदै रसुवागढीसम्मको दूरी १४८ किमी रहेको छ । लामो समयदेखि सो अन्तरराष्ट्रिय नाका अवरुद्ध हुँदा चिनियाँ सामग्री नेपाल ल्याउन कठिन भएको थियो ।

रसुवागढीस्थित बेलीब्रिज सञ्चालनमा आएसँगै चिनियाँ सामान नेपाल भित्र्याउन सहज भएको र स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल वृद्धि भएको रसुवास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

गत असार २४ गतेको बाढीले विशेषगरी बेत्रावतीदेखि रसुवागढी सडकखण्डको विभिन्न स्थानमा सडक बाटो कटान गर्दा सामान ढुवानीमा समस्या सिर्जना भएको उल्लेख गर्दै मालवाहक ट्रक तथा डिब्बा चालकले सडक मर्मतसम्भारमा ध्यान दिन सरकारसँग अनुरोध गरेका छन् ।

मालवाहक गाडी धनी तथा चालकहरूले बगेको, भत्केको ठाउँमा सडकको ट्र्याक खोल्ने काम पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै अब स्तरोन्नतिको कामलाई प्राथमिकता दिन गल्छी–रसुवागढी सडक सुधार आयोजनासँग अनुरोध गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

मदुरो वार्ताका लागि खुला, सीआइए हमलामा मौन

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश खुला रहेको स्पष्ट पारेका छन् । त...

किमकी छोरी उत्तराधिकारी सङ्केत

सियोल । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकार...

गाम्बियाको तठमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

गाम्बिया । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । ...

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्...

पोर्चुगलमा नवीकरणीय ऊर्जा प्रमुख स्रोत बन्दै, २०२५ मा उच्च खपत

लिस्बन । पोर्चुगलको राष्ट्रिय विद्युत् प्रणालीमा सन् २०२५ मा विद्युत् खपत सबैभन्दा उच्च स्तरमा पुगेको छ । यो तथ्य पोर्चुगलको राष्ट्रिय विद्युत् जाल व्...

नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ

टोकियो । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा ...

श्रीलङ्काद्वारा अङ्ग्रेजी पाठ्यक्रमको समलिङ्गी वेबसाइट लिङ्कमाथि अनुसन्धान सुरु

कोलम्बो । एघार र १२ वर्ष उमेर समूहका बालबालिकाका लागि तयार पारिएको सरकारी अङ्ग्रेजी पाठ्यक्रममा समावेश गरिएको एक अनलाइन लिङ्कले विद्यार्थीहरूलाई समलिङ...

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending