Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

खबरडबली संवाददाता

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो मालवाहक डिब्बा नेपाल भित्रिएको जानकारी दिँदै स्थानीय टिमुरे भन्सार कार्यालयले दिनभरीमा ३७ वटा ट्रक तथा डिब्बा नवनिर्मित पुल हुँदै नेपाल भित्रिएको जनाएको छ ।

टमुरेस्थित भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार स्याउ बोकेका आठ, ओखर बोकेका १०, जलविद्युत्का समान बोकेका छ, रेडिमेट सामग्री बोकेका १३ वटा ट्रक तथा डिब्बा बिहीबार नेपाल भित्रिएका हुन् ।

रसुवागढी नाकाबाट २३ किलोमिटर उत्तरमा रहेको केरुङबाट यसअघि सामन्यतया लत्ताकपडा, फलफूल, ओखर, विद्युतीय सामग्रीलगायत सामान लिइ दैनिक सरदर २० वटा ट्रक तथा डिब्बा नेपाल भित्रिने गर्दथे ।

केरुङबाट करिब पाँच हजार किमी दूरीमा रहेको चीनको ‘गोन्झाओ’ र ‘इयु’ क्षेत्र हुँदै चिनियाँ समान नेपालतर्फ ढुवानी हुने गरेको चिनियाँ मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले जानकारी दिए । यसैगरी, केरुङबाट करिब ८०० किमीमा रहेको तिब्बतको प्रमुख सहर ल्हासा र करिब ४०० किमी दूरीमा रहेको सिँगत्से हुँदै पनि केही सामान नेपालतर्फ ल्याइने गरेको मुसा कम्पनीले जनाएको छ ।

गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित पक्की पुल बगाएपछि दुईतर्फी आवतजावत ठप्प हुँदै आएकामा हिजोदेखि बेलीब्रिज सञ्चालनमा आएसँगै ट्रक तथा डिब्बा गुड्न थालेका हुन् ।

नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू ६ महिनापछि समान लिइ नेपालतर्फ आउन सुरु गरेको टिमुर भन्सार कार्यालयले जनाएको छ । बिहीबार रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा समान लिनेक्रममा केरुङतर्फ गएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चिनियाँ सरकारले प्राथमिकतामा राखेको रसुवागढी नाका काठमाडौँबाट पृथ्वी राजमार्गको गल्छी हुँदै रसुवागढीसम्मको दूरी १४८ किमी रहेको छ । लामो समयदेखि सो अन्तरराष्ट्रिय नाका अवरुद्ध हुँदा चिनियाँ सामग्री नेपाल ल्याउन कठिन भएको थियो ।

रसुवागढीस्थित बेलीब्रिज सञ्चालनमा आएसँगै चिनियाँ सामान नेपाल भित्र्याउन सहज भएको र स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल वृद्धि भएको रसुवास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

गत असार २४ गतेको बाढीले विशेषगरी बेत्रावतीदेखि रसुवागढी सडकखण्डको विभिन्न स्थानमा सडक बाटो कटान गर्दा सामान ढुवानीमा समस्या सिर्जना भएको उल्लेख गर्दै मालवाहक ट्रक तथा डिब्बा चालकले सडक मर्मतसम्भारमा ध्यान दिन सरकारसँग अनुरोध गरेका छन् ।

मालवाहक गाडी धनी तथा चालकहरूले बगेको, भत्केको ठाउँमा सडकको ट्र्याक खोल्ने काम पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै अब स्तरोन्नतिको कामलाई प्राथमिकता दिन गल्छी–रसुवागढी सडक सुधार आयोजनासँग अनुरोध गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE