काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔषधसहित सक्रिय कारोबारमा संलग्न व्यक्तिहरू रहेका छन्।
काठमाडौं: चाबहिलस्थित सगरमाथा गेष्ट हाउसबाट ४६ ग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाबहिल बस्ने ३२ वर्षीय विशाल राई र कोशी गाउँपालिका–२, सुनसरीका २४ वर्षीय दयानन्द यादव रहेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले होटलको १०८ नम्बर कोठा तलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुर्खेत: भेरीगंगास्थित छिन्चु बजारबाट ४ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित भारत बहराइज, बाबागञ्ज उत्तर प्रदेशका २९ वर्षीय कलिम सलमानीलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको छ।
बाँके: नेपालगंजस्थित राँझाबाट १ सय ५ ग्राम ब्राउन सुगरसहित जानकी गाउँपालिका बस्ने रफिक खान पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिसँग भे.११ प ३६६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।
कैलाली: धनगढीबाट ८ सय १० मिलिग्राम ब्राउन सुगरसहित राधेश्याम चौधरी र उमेश राना पक्राउ परेका छन्। कैलालीकै लम्कीचुहाबाट १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित सुदीप खड्कालाई पनि पक्राउ गरिएको छ।
झापा: बिर्तामोडबाट ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५५ ट्याब्लेटसहित दमकका राजा माझी, टेकबहादुर कुमाल र हर्कबहादुर कुमाल पक्राउ परेका छन्। पक्राउ गिरोह लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाले गरेको हो।
तनहुँ: शुक्लागण्डकीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुलसहित स्थानीय राजकुमार सेन पक्राउ परेका छन्।
प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ र पक्राउ परेकाहरूलाई लागूऔषधसम्बन्धी कानुनी दायरामा कारबाहीका लागि जिम्मा दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: