गण्डकी । कास्कीमा क्रियाशील राजनीतिक दलहरूबिच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा शुक्रबार सर्वपक्षीय छलफल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न दलहरूसँगको समन्वय बैठकमा निर्वाचनमा सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइ भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
राजनीतिक दलबाट हुने जनप्रदर्शन, आमसभालगायत कार्यक्रम आयोजना हुने स्थानसँग सम्बन्धित स्थानीय तहबाट अनुमति लिई गृह मन्त्रालयबाट प्राप्त परिपत्रबमोजिमको फारम भरी सुरक्षा व्यवस्थापनका लागि अग्रिम रूपमा जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउने निर्णय गरिएको छ ।
राजनीतिक दलहरूले जनप्रदर्शन, आमसभालगायत कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रमस्थल नजुध्नेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । निजी क्षेत्रका व्यापारिक संस्थाहरू समेतबाट समयसमयमा ध्यानाकर्षण गराइरहेको साथै यातायात व्यवस्थापनसमेतलाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई प्रतिकूल प्रभाव पार्न सक्नेगरी चिप्लेढुङ्गा, महेन्द्रपुललगायत मुख्य व्यापारिकस्थल तथा बजारक्षेत्रका चोक र सडक अवरुद्ध हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने भनिएको छ ।
जिल्लाभित्र आयोजना गरिने सभा समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदलगायत अन्य कार्यक्रम स्थानीय तहको कार्यक्रम सञ्चालन अनुमति (स्वीकृति) लिएरमात्र गर्ने पूर्ववत् व्यवस्थालाई निरन्तरता दिई सुरक्षा प्रबन्ध मिलाउने भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: