Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता

खबरडबली संवाददाता

माजरा । सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार एक हप्ताभन्दा बढीको झडपपछि दक्षिणी सहर स्वेइदाबाट फिर्ता भएको घोषणा गरेका छन् ।

ड्रुज धार्मिक अल्पसङ्ख्यक र सुन्नी मुस्लिम समुदायका मिलिसियाहरूबीचको झडपमा सयौँको मृत्यु भएको थियो र सिरियाको पहिले नै कमजोर युद्धपछिको सङ्क्रमणकाललाई बिगार्ने खतरा उत्पन्न भएको थियो । सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।

यसमा तीन सय १२ जना सरकारी सुरक्षाकर्मी र २१ जना सुन्नी बेदुइनको पनि मृत्यु भएको थियो जसमध्ये तीन जना सर्वसाधारण थिए र उनीहरूलाई ड्रुज लडाकूहरूले मृत्युदण्ड दिएका थिए । इजरायली आक्रमणमा परी अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

इजरायलले पनि बेदुइनहरूको पक्षमा उभिएका सरकारी सेनाहरूलाई निशाना बनाएर ड्रुज बहुल स्वेदा प्रान्तमा दर्जनौँ हवाई हमला गरेको थियो ।

प्रान्तका विभिन्न सहर र गाउँमा पारस्परिक अपहरणको शृङ्खलाले झडप निम्त्यायो र यो पछि सहरमा फैलिएको थियो । बिहीबार पुनः भड्किएको लडाइँ रोक्न सरकारी सेनाहरू पुनः तैनाथ गरिएका थिए, त्यसपछि फेरि फिर्ता भए ।

बेदुइनहरूप्रति बढी सहानुभूति राख्ने अन्तरिम राष्ट्रपति अहमद अल–साराले मिलिसियाहरूको आलोचना गर्दै ड्रुज समुदायलाई मनाउने प्रयास गरेका थिए । पछि उनले ‘देशको मामिला सम्हाल्न र सुरक्षा पुनःस्थापनामा राज्यको भूमिकालाई प्रतिस्थापन गर्न सक्दैनन’ भन्दै बेदुइनहरूलाई सहर छोड्न आग्रह गरे ।

“हामी बेदुइनहरूलाई उनीहरूको वीरतापूर्ण अडानका लागि धन्यवाद दिन्छौँ तर उनीहरूले युद्धविरामका लागि पूर्ण प्रतिबद्ध हुन र राज्यको आदेशको पालना गर्न माग गर्दछौँ”, उनले शनिबार प्रसारण गरिएको सम्बोधनमा भने ।

बेदुइनहरूको फिर्तीले क्षेत्रमा सावधानीपूर्वक शान्तिको वातावरण छ र मानवीय सहायताका गाडीहरू पुगिरहेको समाचार छ । सिरियाली रेड क्रिसेन्टले आइतबार लडाइँले प्रान्तमा विद्युत् कटौती र अभावको अवस्था सिर्जना गरेपछि उनीहरूले खाना, औषधि, पानी, इन्धन र अन्य सहायता बोकेर ३२ वटा ट्रक स्वेदामा पठाइरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले पनि ट्रकहरू पठाइरहेको सिरियाको सरकारी सञ्चार माध्यम सानाले जनाएको छ ।

सिरियाका लागि वासिङ्टनका विशेष दूत टम बाराकले झडप र अत्याचारले देशको युद्धपछिको सङ्क्रमण र अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध हटाउने बारेमा प्रारम्भिक सतर्क आशावादलाई ‘ओझेलमा पारेको’ बताए ।

“सबै गुटहरूले तुरुन्तै हतियार त्यागेर शत्रुता बन्द गर्नुपर्छ र जातीय बदलाको चक्र त्याग्नुपर्छ”, उनले एक्समा भने, “सिरिया महत्त्वपूर्ण मोडमा खडा छ — शान्ति र संवादले विजयी हुनुपर्छ — र अहिले नै विजयी हुनुपर्छ ।”

बेदुइन लडाकुहरू र सरकारी सेनाहरूको हातबाट सहरमा लक्षित आक्रमणको शृङ्खलामा दर्जनौँ ड्रुज नागरिक मारिएका थिए ।

लडाकुहरूले घरहरूमा ड्रुज धार्मिक अधिकारीहरू र प्रतिष्ठित व्यक्तित्वहरूका तस्बिरहरू नष्ट गर्ने र वृद्ध ड्रुजहरूका जुँगाहरू खौरिने अनलाइन भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसलाई संस्कृति र परम्पराको अपमान मानिन्छ ।

बदलामा ड्रुज मिलिसियाहरूले प्रान्तको बाहिरी भागका बेदुइन बहुल क्षेत्रहरूमा आक्रमण गरे र परिवारहरूलाई छिमेकी दाराआ प्रान्तमा भाग्न बाध्य पारे । विश्वभरका लगभग १० लाख ड्रुजमध्ये आधाभन्दा बढी सिरियामा बस्छन् । अन्य ड्रुजहरू मुख्यतः लेबनान र इजरायलको गोलान हाइटमा बस्छन् । गोलान हाइटलाई इजरायलले सन् १९६७ को मध्यपूर्वी युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभेको थियो ।

सिरियाका ड्रुजहरूले दशकौँको अत्याचारी शासनको अन्त्य गर्ने असद परिवारको पतनलाई धेरै हदसम्म मनाएका थिए । अल–साराको वास्तविक इस्लामवादी शासनका बारेमा उनीहरूको चिन्ता भए पनि ठूलो सङ्ख्याले मामिलाहरूलाई कूटनीतिक रूपमा सम्बोधन गर्न चाहन्थे ।

यद्यपि, हालैका झडपहरूले क्षेत्रमा बढ्दो सङ्ख्यामा ड्रुजहरूलाई दमास्कसको नयाँ नेतृत्वप्रति बढी शङ्कास्पद र शान्तिपूर्ण सहअस्तित्वमा बढी संदिग्ध बनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending