किभ । युक्रेनको ओडेसा सहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभका अनुसार, २० भन्दा बढी ड्रोन विभिन्न दिशाबाट सहरमा प्रवेश गरेका थिए, जसका कारण केही नागरिक संरचनामा क्षति पुगेको र एउटा आवासीय भवनमा आगलागीसमेत भएको बताइएको छ ।
स्थानीय आपतकालीन सेवाले उद्धारकार्यको क्रममा पाँच जनालाई जलेको भवनबाट सुरक्षित निकालिएको भए पनि तीमध्ये एक महिलाको निधन भएको पुष्टि गरिएको छ । ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण ओडेसा शहर हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको र पछिल्ला समयमा बारम्बार आक्रमणको शिकार हुँदै आएको उल्लेखनीय छ ।
उता, रूसी रक्षा मन्त्रालयले आफ्नो वयानमा शुक्रबार साँझको पाँच घण्टाको अवधिमा ८७ युक्रेनी ड्रोन ध्वस्त पारिएको जानकारी दिएको छ, जसमा ब्रियान्स्क र मस्को क्षेत्रहरू पनि समावेश छन् । पछिल्ला केही हप्तामा युक्रेनभर रूसी आक्रमणहरू पुनः तीव्र हुँदै गएका छन्, जसका कारण सर्वसाधारण जनतामा चिन्ता बढी रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शान्ति वार्तातर्फ अगाडि नबढिएमा रूसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
यसैबिच, युरोपेली सङ्घ र बेलायतले पनि संयुक्तरूपमा रूसी तेल निर्यातमा मूल्य सीमा घटाउने निर्णय लिँदै युद्ध अन्त्यका लागि आर्थिक दबाब सिर्जना गर्ने प्रयास गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: