Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एमालेमा ११ जनाकाे पदाधिकारी बनाउन प्रस्ताव

पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमाले बैठकमा प्रवेश

खबरडबली संवाददाता

काठमाडाैं । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणाको विषय नेकपा एमालेको बैठकमा प्रवेश गरेको छ । च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपतिको विषयले प्रवेश पाएको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले नै भण्डारीसँग छलफल गर्नुपर्ने र आवश्यक परे सचिवालय, केन्द्रीय कमिटीमा छलफल हुने बताएका एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकका बारेमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘छलफल हुन्छ । अध्यक्षले नै छलफल गर्नुपर्छ भन्नुभएको छ । उहाँ (भण्डारी)ले सार्वजनिक ढंगले घोषणा गरिसकेपछि उहाँको निजी विषय मात्रै भएन । यो  पार्टीको सार्वजनिक विषय भयो ।’

पूर्वराष्ट्रपतिले सबै सेवा-सुविधा त्यागेर पार्टी राजनीतिमा फर्कने घोषणा गरेकाले उनलाई सम्मानजनक ठाउँ दिनुपर्ने प्रस्ट पारे । ‘उहाँ आउनुहुन्छ पार्टीमा सक्रिय हुन भने उहाँलाई उचित स्थान पनि दिनुपर्छ। उहाँको सम्मानजनक ठाउँ पनि खोज्नुपर्छ । पार्टीको हाई लेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ ।’

एमालेको संगठन निर्माणमा भण्डारीको ठुलो भूमिका रहेको उल्लेख गर्दै भट्टराईले थपे, ‘उहाँले पार्टीको प्रणाली बुझ्नुभएको छ, यो पार्टी स्थापनामा उहाँको पनि ठुलो भूमिका छ । त्यसकारण उहाँजत्तिको मान्छेले पार्टीको प्रणालीबाटै जानुहुन्छ । मलाई लाग्छ, यसलाई हामी सम्मानजनक ढंगले नै सेटल गर्छौँ ।’

बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी गरेका थिए । उनले पूर्वराष्ट्रपतिबारे के गर्ने भनेर सोधेपछि नेताहरूले आवश्यक संवाद गरेर उचित जिम्मेवारीमा फर्काउँदा हुने सुझाएका छन् । भट्टराईले पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा बैठकमा नेताहरूले अध्यक्ष ओलीले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएको बताइएकाे छ । 

एमाले ११ जनाकाे पदाधिकारी बनाउन प्रस्ताव

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव अघि बढेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी मात्रै राख्ने गरी उक्त प्रस्ताव गरेका हुन ।

अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरि विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका छन् । पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा एकजना अध्यक्ष , तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र पाँचजना सचिव रहने प्रस्ताव गरिएको छ । बैठकमा १९९ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ ।

एमालेको २०७८ मंसिरमा भएको १०औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी तय गरेको थियो । जसमा अध्यक्ष केपी शर्मा ओलीसहित १९ जना पदाधिकारी थिए । महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र ७ जना सचिव तय गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending