महोत्तरी । महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक जना मृतक व्यक्तिको नाममा जग्गा खरिदबिक्री भएको खुलासा भएको छ । यस कार्यमा मालपोतका केही कर्मचारी र भूमाफियाहरुको मिलेमतोमा नक्कली कागजात तयार पारेर जग्गाको कारोबार गरिएको घटना सार्वजनिक भएको हो ।
शिवभक्ति खोर २ (ख) स्थित कित्ता नम्बर १८३ मा रहेको ५ आना १२.५ धुर जग्गा महेश चौधरी नामका व्यक्तिको नाममा थियो । यो जग्गा कृषि क्षेत्रका लागि वर्गीकृत गरिएको थियो र उक्त जग्गाको बाटो समेत थिएन ।
महेश चौधरी जग्गाधनी रहेकोमा उनको मृत्यु भइसकेको भए पनि गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले असार ६ गते उक्त जग्गा बिक्रीको सिफारिस गरेका थिए । मृतकको नाममा नक्कली कागजात बनाएर असार ८ गते सो जग्गा सम्सी गाउँपालिका–४ का रञ्जित कुमार साहको नाममा ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको थियो । नियम अनुसार, यस्तो रकम बैङ्क मार्फत भुक्तानी गरी भौचर मालपोतमा बुझाउनु पर्ने हो । तर, यो कारोबार नगदमा गरिएको पाइयो ।
यसमा विक्रेताको नागरिकता प्रमाणित नगरी, बैङ्क खातामा पैसा जम्मा गरी, झुटा विवरण प्रयोग गरी लेखापढी व्यवसायी र मालपोत कर्मचारीको मिलेमतोमा कारोबार गरिएको छ ।
गौशाला मालपोतका कर्मचारीका अनुसार महेश चौधरीको नाममा रहेको अन्य जग्गा पनि जलेश्वर मालपोत कार्यालयमार्फत बिक्री भएको थियो । तर, खरिदकर्ता र बिक्रेता बीच आर्थिक सहमति नजुटेपछि गौशाला मालपोतले नामसारी फिर्ता गरेको हो ।
किर्ते कागजात प्रयोग गरी तीन पटक असार ६, ८, र ९ गते—जग्गा बिक्री भएको खुलेपछि असार १६ गते ती सबै कारोबार रद्द गरिएको मालपोतका सूचना अधिकारी विष्णु कुमार महतले जानकारी दिए । महतका अनुसार, बिक्रेता फरार छन् भने खरिदकर्ताबाट सहयोग लिएर फेरि जग्गा मृतककै नाममा फिर्ता गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: