काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न अल्टिमेटम दिएको छ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार सार्वजनिक सूचना जारी गर्दै त्रिविले यस्तो निर्देशन दिएको हो।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति–२०८१’ ले तयार पारेको प्रतिवेदनमा विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा तथा सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन–नियम विपरीत कब्जा गरिएको तथ्य फेला परेपछि उक्त कदम चालिएको जनाइएको छ।
प्रतिवेदनअनुसार केही व्यक्ति, निजी कम्पनी, संघ–संस्था तथा निकायहरूले विश्वविद्यालयको भोगाधिकारमा रहेका जग्गाहरू अनधिकृत रूपमा नियन्त्रण र प्रयोग गरिरहेका छन्।
त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकार तथा विभिन्न दातृ निकायबाट विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराइएका जग्गा तथा अचल सम्पत्तिहरू ९प्रतिवेदनमा उल्लेख भएका वा नभएका० यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ।”
विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुनअनुसार कारबाही अगाडि बढाइने स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...
बैशाख ६ गते, २०८३ - १४:००
नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...
बैशाख ६ गते, २०८३ - १३:४०
कास्की। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी ...
बैशाख ६ गते, २०८३ - १३:२६
काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश था...
बैशाख ६ गते, २०८३ - १३:१८
पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...
बैशाख ६ गते, २०८३ - १३:०१
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन ...
बैशाख ६ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...
बैशाख ६ गते, २०८३ - १२:३८
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...
बैशाख ६ गते, २०८३ - १२:२६
काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...
बैशाख ६ गते, २०८३ - १२:१७
काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...


प्रतिकृया लेख्नुहोस्: