Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एअर इन्डिया दुर्घटनाको मृत्यु सङ्ख्या २६० मा स्थिर

खबरडबली संवाददाता

भारत । भारतीय फोरेन्सिक अनुसन्धानकर्ताहरूले गत महिनाको लन्डनतर्फ गइरहेको यात्रु विमानको दुर्घटनामा मारिएका सबै दुई सय ६० जनाको पहिचान गरेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताएका छन् । यद्यपि दुर्घटनाका बारेमा अत्यधिक प्रतीक्षित प्रारम्भिक प्रतिवेदन आउनुअघि यो जानकारी दिइएको हो ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले दशकौँको सबैभन्दा घातक हवाई दुर्घटनाहरूमध्ये एकको अनुसन्धानको नेतृत्व गरिरहेको छ । दुर्घटनाको एक महिनापछि शुक्रबार प्रारम्भिक प्रतिवेदन जारी हुने अपेक्षा गरिएको छ । जुन १२ मा दुर्घटनाग्रस्त हुँदा एअर इन्डिया बोइङ ७८७–८ ड्रिमलाइनरमा सवार दुई सय ४२ जनामध्ये एक जना बाहेक सबैको मृत्यु भएको थियो ।

पश्चिमी सहर अहमदाबादमा उडानको तुरुन्तपछि विमान आवासीय क्षेत्रमा खसेको थियो । अधिकारीहरूले जमिनमा मारिएका १९ जनाको पनि पहिचान गरेका छन् । अनुसन्धानको बारेमा कुनै विवरण जारी गरिएको छैन । अनुसन्धानमा बेलायत र अमेरिकी हवाई दुर्घटना अनुसन्धान एजेन्सीहरू पनि सहभागी छन् ।

यद्यपि विशेषज्ञ वेबसाइट द एअर करेन्टले अनुसन्धानसँग जानकार धेरै व्यक्तिलाई उद्धृत गर्दै यसले ‘आफ्नो ध्यान इन्जिन इन्धन स्विचहरूको गतिमा केन्द्रित गरेको’ बताएको छ । पूर्ण विश्लेषणमा ‘महिनौँ र अझ धेरै समय लाग्नसक्ने’ पनि वेबसाइटले बताएको छ । वेबसाइटमा ‘त्यो समयमा अनुसन्धानकर्ताहरूको केन्द्रविन्दु परिवर्तन हुनसक्ने’ पनि बताइएको छ ।

तर वेबसाइटले ‘अनुसन्धानको यो विन्दुमा अनुसन्धानकर्ताहरूका लागि उपलब्ध डेटाले ७८७ विमान वा यसका इन्जिनहरूमा मेकानिकल वा डिजाइन समस्याको सङ्केत गर्दैन’ पनि भनेको छ । वेबसाइटले यसका स्रोतहरूले ‘दुर्घटनापछिको विश्लेषणले इन्धन सम्मिश्रण वा विमानको फ्ल्यापहरूको अनुचित तरिकाले पछि हटेको कुनै सङ्केत देखाएन’ भनेको छ । यसका बारेमा यो एउटा कारण थियो भनी अनुमान गरिएको छ ।

भारतीय राज्य गुजरातका स्वास्थ्य अधिकारीहरूले सुरुमा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएको भनेका थिए, तर फोरेन्सिक वैज्ञानिकहरूले धेरै छरपस्ट भएका र नराम्ररी जलेका अवशेषहरूको पहिचान गरेपछि सङ्ख्या घटाएका छन् । “विमान दुर्घटनामा अन्तिम मृत्यु सङ्ख्या अब दुई सय ६० मा पुगेको छ”, अहमदाबादको मुख्य सरकारी अस्पतालका प्रमुख राकेश जोशीले बुधबार एएफपीलाई भने, “दुर्घटनास्थलबाट अहिलेसम्म भेटिएका सबै मानवीय अवशेषहरूको पहिचान गरी तिनीहरूका परिवारहरूलाई हस्तान्तरण गरिएको छ ।”

“हाम्रो काम अब समाप्त भएको छ”, उनले भने, “हामीले दुर्घटनास्थलबाट सङ्कलन गरिएका सबै मृत अवशेषहरूको डिएनए मिलाएका छौँ ।” संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसिएओ) ले अनुसन्धानको नेतृत्व गर्ने राज्यहरूले दुर्घटनाको ३० दिनभित्र क्यानाडा मुख्यालय भएको सङ्गठनलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्छ भनी निर्धारण गरेको छ ।

त्यो प्रतिवेदन भने सार्वजनिक गर्नुपर्दैन । आइसिएओका अनुसार प्रारम्भिक प्रतिवेदनहरू गोपनीय राख्न वा अनुसन्धान गर्ने राज्यका विवेकमा सार्वजनिक गर्न सकिन्छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending