Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डेढ दशकको अन्तरालमा हराउँदै रैथाने धान

खबरडबली संवाददाता

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांश खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ उन्नत जातका धान लगाउने गरेका छन् । 

पटनेरी जस्तै कास्कीकै पोखरा महानगरपालिका–३३ भरतपोखरीको खुर्वादी, छहरालगायत स्थानमा विगतमा लगाउने गरिएको बिरेनफुल जातको धान अहिले लोप नै भइसकेको छ । यहाँ लगाइने अन्य मधेशे, गुर्दी, जरनेली, मन्सरा जस्ता धानका विकल्पमा अन्य धान लगाउने गरिएको छ ।

कृषि प्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन् । परम्परागत रैथाने औषधीय गुण भएका धानका बीउ लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ । तालैतालले भरिएका कास्कीका ताल किनारमा विगतमा पाइने जङ्गली धान नाभो त लगभग एकादेशको कथा जस्तै बनिसकेको छ । धानको अति प्राचीन प्रजाति नाभोबाटै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननीका रूपमा समेत लिने गरिएको छ ।

रैथाने प्रजातिका धानका बिउको संरक्षण गर्न लिबर्डका तर्फबाट स्थानीय समुदायलाई नै सहभागी गराएर विभिन्न प्रयास भइरहेको लिबर्डका प्राविधिक इन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार समुदायकै सक्रियतामा बेगनास क्षेत्रमा ४० भन्दा बढी जातका रैथाने धानको संरक्षण गर्ने काम भइरहेको छ । 

कास्कीकै आर्वा क्षेत्रमा ६/७ जातका रैथाने धानको बिउ संरक्षणको पहल भइरहेको उनले जानकारी दिए। कास्कीकै अन्नपूर्ण गाउँपालिकाका विभिन्न ४७ रैथाने जातको धानको बिउ संरक्षणका लागि काम भइरहेको का प्राविधिक पौडेलको भनाइ छ । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिन्छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ ।

रैथाने जातका धान तथा बाली बिस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथको सुन्दरी डाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल भइरहेको छ । उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरिएको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषकको सक्रियता बढेको पाइन्छ ।

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि बिस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेका सुरौदीका अगुवा कृषक रमेश आचार्यले बताए ।

“सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने बातिसरा, मानामुरी, मधेशे, गुर्दी जस्ता धान अहिले पाइँदैन”, उनले भने, “पछिल्ला समयमा राम्रो उत्पादन लिने सोचका साथ यस क्षेत्रमा हाइब्रिड धानको बिउ नै लगाउने गरिएको छ ।” रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको उनले बताए ।

विगतमा पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गरेकामा अहिले भने रासायनिक मलकै प्रयोगका कारण भान्छामा पनि वास्ना आउन छोडेको स्थानीय बताउँछन् । कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको छ ।

समुद्री सतहबाट करिब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेका छन् । नयाँ जातका धानको आगमनसँगै परम्परागत रूपमा रोपिने पोखरेली पहेँले, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् । 

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

विगत वर्षमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । रैथाने जातको संरक्षणसँगै सकेसम्म स्थानीय जातको प्रवर्द्धन होस् भन्ने कुरामा महानगरपालिका गम्भीर रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउँछन्। 

महानगरपालिकाले पोखराको पहिचानका रूपमा रहेको पोखरेली जेठोबुढोको प्रवर्द्धनसँगै प्रयोग बढाउने कुरामा लागेको उनले बताए । यस वर्ष महानगरपालिका क्षेत्रमा सात हजार ५०० किलोग्राम पोखरेली जेठोबुढोको धानको बिउ अनुदानमा कृषकलाई उपलब्ध गराएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: