Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

डेढ दशकको अन्तरालमा हराउँदै रैथाने धान

खबरडबली संवाददाता

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांश खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ उन्नत जातका धान लगाउने गरेका छन् । 

पटनेरी जस्तै कास्कीकै पोखरा महानगरपालिका–३३ भरतपोखरीको खुर्वादी, छहरालगायत स्थानमा विगतमा लगाउने गरिएको बिरेनफुल जातको धान अहिले लोप नै भइसकेको छ । यहाँ लगाइने अन्य मधेशे, गुर्दी, जरनेली, मन्सरा जस्ता धानका विकल्पमा अन्य धान लगाउने गरिएको छ ।

कृषि प्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन् । परम्परागत रैथाने औषधीय गुण भएका धानका बीउ लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ । तालैतालले भरिएका कास्कीका ताल किनारमा विगतमा पाइने जङ्गली धान नाभो त लगभग एकादेशको कथा जस्तै बनिसकेको छ । धानको अति प्राचीन प्रजाति नाभोबाटै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननीका रूपमा समेत लिने गरिएको छ ।

रैथाने प्रजातिका धानका बिउको संरक्षण गर्न लिबर्डका तर्फबाट स्थानीय समुदायलाई नै सहभागी गराएर विभिन्न प्रयास भइरहेको लिबर्डका प्राविधिक इन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार समुदायकै सक्रियतामा बेगनास क्षेत्रमा ४० भन्दा बढी जातका रैथाने धानको संरक्षण गर्ने काम भइरहेको छ । 

कास्कीकै आर्वा क्षेत्रमा ६/७ जातका रैथाने धानको बिउ संरक्षणको पहल भइरहेको उनले जानकारी दिए। कास्कीकै अन्नपूर्ण गाउँपालिकाका विभिन्न ४७ रैथाने जातको धानको बिउ संरक्षणका लागि काम भइरहेको का प्राविधिक पौडेलको भनाइ छ । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिन्छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ ।

रैथाने जातका धान तथा बाली बिस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथको सुन्दरी डाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल भइरहेको छ । उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरिएको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषकको सक्रियता बढेको पाइन्छ ।

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि बिस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेका सुरौदीका अगुवा कृषक रमेश आचार्यले बताए ।

“सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने बातिसरा, मानामुरी, मधेशे, गुर्दी जस्ता धान अहिले पाइँदैन”, उनले भने, “पछिल्ला समयमा राम्रो उत्पादन लिने सोचका साथ यस क्षेत्रमा हाइब्रिड धानको बिउ नै लगाउने गरिएको छ ।” रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको उनले बताए ।

विगतमा पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गरेकामा अहिले भने रासायनिक मलकै प्रयोगका कारण भान्छामा पनि वास्ना आउन छोडेको स्थानीय बताउँछन् । कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको छ ।

समुद्री सतहबाट करिब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेका छन् । नयाँ जातका धानको आगमनसँगै परम्परागत रूपमा रोपिने पोखरेली पहेँले, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् । 

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

विगत वर्षमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । रैथाने जातको संरक्षणसँगै सकेसम्म स्थानीय जातको प्रवर्द्धन होस् भन्ने कुरामा महानगरपालिका गम्भीर रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउँछन्। 

महानगरपालिकाले पोखराको पहिचानका रूपमा रहेको पोखरेली जेठोबुढोको प्रवर्द्धनसँगै प्रयोग बढाउने कुरामा लागेको उनले बताए । यस वर्ष महानगरपालिका क्षेत्रमा सात हजार ५०० किलोग्राम पोखरेली जेठोबुढोको धानको बिउ अनुदानमा कृषकलाई उपलब्ध गराएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending