Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : गगन थापामाथि देउवा पक्ष आक्रामक

खबरडबली संवाददाता

कैलाली ।  सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदानमा उत्रिएको छ। धनगढीमा आइतबार भएको देउवा पक्षीय प्रदेश भेलामा नेताहरूले गगन थापामाथि आक्रामक प्रहार गर्दै उनलाई कांग्रेस कमजोर बनाउने मुख्य पात्रको रूपमा चित्रित गरे।

सभापति बनेपछि सुदूरपश्चिम पुगेर “सबैलाई मिलाएर लैजान्छु” भन्ने गगन थापाको प्रतिबद्धतामाथि देउवा पक्षले विश्वास नगरेको मात्रै होइन, अब प्रत्यक्ष चुनौती दिने मनस्थितिमा पुगेको देखिएको छ। भेलामा सहभागी अधिकांश नेताहरूले थापाले विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

नेता एनपी साउदले असन्तुष्ट पक्षसँग संवाद गरेर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी गगनकै काँधमा रहेको बताए। उनले क्रियाशील सदस्यता अद्यावधिकको नाममा थप विवाद सिर्जना नगर्न चेतावनी दिए।

पूर्वगृहमन्त्री रमेश लेखकले पनि गगन थापालाई “हदैसम्म लचक” बन्न सुझाव दिँदै शेरबहादुर देउवाको योगदानलाई बेवास्ता गर्न नहुने बताए। उनले १५औँ महाधिवेशन निष्पक्ष नभए कांग्रेस झन् ठूलो संकटमा फस्ने चेतावनी दिए।

भेलामा सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका मोहनबहादुर बस्नेतले गगन थापाले देखाएको हस्ताक्षरलाई “नक्कली” र “टोटलको खेती” भन्दै उडाए। उनले पार्टी जोगाउन अन्तिमसम्म भिड्नुपर्ने अवस्था आएको दाबी गरे।

देउवा पक्षका नेता नृप ओडले त झन् गगन थापालाई सीधै चुनौती दिए। “टीका लगाएर सभापति बन्नुभएको हो, हामीजस्तो चुनाव जितेर आउनुपर्थ्यो,” भन्दै उनले आगामी महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्ने बताए।

प्रदेश सभापति वीरबहादुर बलायर पनि निकै आक्रोशित देखिए। उनले गगन थापाको नाम नलिई कटाक्ष गर्दै भने, “कसैको घमण्डले कांग्रेस चल्दैन।” उनले सदस्यता नवीकरणको विषयमा भ्रम फैलाएर पार्टीलाई विभाजित गर्न खोजिएको आरोप लगाए।

उता कञ्चनपुर सभापति पदम बोगटीले गगन थापालाई आगामी महाधिवेशनमा “जवाफ दिने” चेतावनी दिए। “पुराना नेताहरूलाई अपमान गरेर कांग्रेस कब्जा गर्न खोज्ने सपना सफल हुँदैन,” उनले भने।

भेलामा देउवा पक्षीय नेताहरूको बाक्लो उपस्थिति थियो भने गगन पक्षका नेताहरू अनुपस्थित देखिए। कार्यक्रममा राखिएको ब्यानरमा शेरबहादुर देउवाको तस्वीर थियो, तर सभापति गगन थापाको तस्वीरसमेत राखिएन।

भेलापछि जारी ११ बुँदे घोषणापत्रमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइएको छ। साथै, सरकार अपारदर्शी भएको, कांग्रेस प्रभावकारी प्रतिपक्ष बन्न नसकेको र पार्टीभित्र गुटबन्दी चर्किएको निष्कर्ष निकालिएको छ।

सुदूरपश्चिमको यो भेला अब केवल प्रदेशस्तरीय कार्यक्रम मात्रै नभएर कांग्रेसभित्र गगन थापाविरुद्धको खुला मोर्चाबन्दीको संकेतका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending