Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

सुधनविरुद्ध ‘विदेशी खेल’ ? चिनियाँ नम्बरबाट डिल, जनआस्थाकाे कार्यालयमै पैसा र रक्सी !

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङबारे लगातार समाचार छापिरहेको जनआस्था साप्ताहिकमाथि अब सीधै विदेशी नम्बरबाट दबाब र ‘डिल’को प्रयास भएको आरोप सार्वजनिक भएको छ।

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठका अनुसार चीनको नम्बरबाट आएको फोनमा आफूलाई “मिस्टर यिङ” बताउने व्यक्तिले स्पष्ट शब्दमा भने– “सुधन गुरुङ हाम्रो लागि खतरनाक मान्छे हो।” त्यसपछि सुरु भयो पैसा, प्रलोभन र रहस्यमय गतिविधिको शृंखला।

श्रेष्ठका अनुसार फोनकर्ताले नेपालका मिडिया प्रयोग गरेर सुधनविरुद्ध माहोल बनाउन प्रस्ताव राखे। तर उनले अस्वीकार गरेपछि घटना झन् रहस्यमय मोडमा पुग्यो। सानेपास्थित जनआस्था कार्यालयको गेटमै मास्क लगाएकी एक युवती आएर ५० हजार रुपैयाँ नगद र रक्सीको बोतल छाडेर हिँडिन्।

सीसीटीभी फुटेजमा देखिएकी ती युवती कालो चस्मा, मास्क र साइड ब्यागमा थिइन्। उनले नीलो प्लास्टिकको झोलामा पैसा र रक्सी राखेर गेटमा छाडेको दाबी गरिएको छ। त्यसलगत्तै फेरि चिनियाँ नम्बरबाट फोन आयो। श्रेष्ठले भने, “सामान फिर्ता लैजानू, फेरि यस्तो वाहियात काम नगर्नू भनेर कडा जवाफ दिएँ।”

घटनाले अब गम्भीर प्रश्न उठाएको छ । के सुधन गुरुङको विवाद केवल सम्पत्तिको मात्रै हो ? याे प्रकरणभित्र विदेशी ‘इन्टरेस्ट’, राजनीतिक शक्ति संघर्ष र मिडिया म्यानिपुलेसनको ठूलो खेल लुकेको छ ?

सुधन गुरुङमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण, विवादास्पद लगानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठिसकेको छ। निर्वाचन आयोगमा बुझाएको विवरण र मन्त्री हुँदा सार्वजनिक गरिएको सम्पत्ति विवरणमै फरक देखिएपछि उनी मन्त्री पदबाट बाहिरिन बाध्य भएका थिए।

उनको “हामी नेपाल” संस्थाको गतिविधि, फ्री तिब्बतसँग जोडिएका सम्बन्ध र जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोपले पहिले नै अनेक शंका जन्माइसकेको थियो। अहिले त्यसैमाथि चिनियाँ नम्बरबाट आएको दबाबपूर्ण फोनले थप रहस्य थपिदिएको छ।

उता सामाजिक सञ्जालमा अर्को युद्ध सुरु भएको छ। श्रेष्ठ र अज्ञात व्यक्तिबीचको भनिएको अडियो तथा च्याट स्क्रिनसट भाइरल बनाइएको छ। त्यसमा “५० हजार र एउटा बोतल पाएँ, समाचार भाइरल बनाइसकेँ” भन्ने सन्देश देखाइएको छ ।  तर श्रेष्ठको दाबी छ त्यो सबै “फेक, एडिटेड र नियोजित प्रोपागान्डा” हो। उनले भने, “फोनको आवाज मेरै भए पनि काँटछाँट गरेर गलत अर्थ निकालिएको छ। तथ्यको सामना गर्न नसकेपछि मिडियालाई नै बदनाम गर्न खोजिएको हो।”

अब प्रहरी पनि सक्रिय भएको छ। गेटमा पैसा र रक्सी छाडेर जाने युवतीको खोजी भइरहेको छ भने साइबर ब्युरोमा पनि उजुरी पुगेको बताइएको छ । यो घटनाले नेपाली राजनीति, विदेशी प्रभाव, मिडिया ‘म्यानिपुलेसन’ र सत्ता संघर्षको अन्धकारपूर्ण पाटो फेरि एकपटक सतहमा ल्याइदिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending