Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरूप

खबरडबली संवाददाता

कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ ।

व्यवस्थित एवं आकर्षक सहरको रूपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नति पूरा भएको छ ।

सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ । यसै आयोजनाअन्तर्गत धनगढी उपमहागरपालिका–७ पटेला क्षेत्रमा रु एक अर्ब २५ करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ । धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगर (भीमदत्तनगर) नगरपालिकामा पनि सडक स्तरोन्नति, सार्वजनिक भवन निर्माण, ढलनिकास, फोहरमैला व्यवस्थापन लगायतका काम भइरहेका छन् । 

सङ्घीय सहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ । पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबिच सम्झौता भएको थियो । प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक  स्तरोन्नति भइरहेको छ ।सहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ । सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ ।

फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ । झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन् ।      

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताए । सघन सहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नति भइरहेको छ भने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ । पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ । 

त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नति पूरा भएको छ । मोहनापुलदेखि गेटा खण्डसम्म ‘छ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुल देखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नति पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

“सडक स्तरोन्नति एवं निर्माण लागत रु एक अर्ब ७८ करोड रहेको छ”, कार्यालयका इञ्जिनियर सन्तोष चन्दले भने “निर्माणाधीन मनोहरा खोला र मोहना नदीमाथि पुलका लागि बजेट अभाव भएको छ ।” सडकखण्डको बीच भागमा बनाइएको ‘मिडियन’मा फूलका बोटबिरुवा रोपिएको छ ।  सडकका दायाँबायाँ दुई मिटर चौडा ‘फुटपाथ’ निर्माण गरिएको छ । 

विसं २०७७ मा निर्माण सम्झौता भएको सडक कूल रु एक अर्ब ७६ करोडको लागतमा निर्माण पूरा भएको हो । अयोजनाअन्तर्गत गेटा खण्डको मनहरा खोला र धनगढीको मोहना नदीमाथिको पुल निर्माणाधीन छ । विनायोजना सहरका रूपमा विकास हुँदै गएको धनगढीमा बर्सेनि ठुलो सङ्ख्यामा घर संरचना निर्माण भइरहेसँगै सामान्य वर्षा हुँदा जम्ने पानीको उचित निकासको व्यवस्था नहुँदा नगरवासीले डुबानको समस्या भोग्दै आएका छन् ।

उपमहानगर क्षेत्रमा खुटिया नदी र मोहना नदीको कटानको समस्या छ । उपमहानगरपालिकाले एक वर्षदेखि सहरी क्षेत्रमा दैनिक जम्मा हुने फोहरमैलाको निजी क्षेत्रमार्फत व्यवस्थापन गरिरहेको छ । 

सहरी क्षेत्रमा विकास पूर्वाधार जुटिरहे पनि ग्रामीण क्षेत्रका कतिपय वडाका बासिन्दा अझै उचित सडक, स्वच्छ खानेपानीजस्ता आधारभूत सुविधाबाट वञ्चित छन् । उपलब्ध साधन स्रोतबाट उपमहानगरपालिका कार्यालयमार्फत हुने गरेका कतिपय विकास निर्माणका काम शक्ति र पहुँचवालाको वडामा मात्रै केन्द्रित गर्ने गरिएकाले विकासको प्रतिफल पाउन नसकिएको गुनासो नगरवासीको छ ।  

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साविकको बेलादेवीपुर, फूलबारी र उर्मा गाविसका साथै गेटा गाविसका केही वडालाई समेत समेटेर उपमहानगरपालिका बनाइएको थियो । स्थानीयवासी यज्ञराज भट्टले सडक स्तरोन्नतिसँगै बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुपनै फेरिएको बताए । उनले भने “धनगढी अब पहिलेको जस्तो कुरुप एवं फोहोर सहर रहेन ।”

धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन उपमहानगरपालिका कार्यालयले ‘हरियाली धनगढी अभियान’अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending