Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

जाजरकोटका सरकारी कार्यालयमा कडा सुरक्षा व्यवस्था

खबरडबली संवाददाता

जाजरकाेट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै अज्ञात समूहले आक्रमण गरेपछि जिल्लाभरका सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

आर्थिक वर्षको अन्तिमतिर कार्यालयहरूमा चाप बढेका वेला कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी कार्यालयहरूमा प्रहरी गस्ती र सुरक्षा सशक्त बनाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । 

‘जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूबाट सुरक्षा माग भएपछि हामीले गम्भीरतापूर्वक प्रहरी परिचालन गरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी मंग्रातीले भने, ‘कामकाजमा अवरोध, धम्की र आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर कदम चालिएको हो ।’

आइतबार डिभिजनल वन अधिकृत अमरप्रसाद साहमाथि अज्ञात समूहले कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेका थिए । आक्रमणकारीहरूको परिचय हालसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजी कार्य तीव्र बनाएको बताएको छ । प्रहरी प्रमुख डिएसपी वसन्तप्रसाद शर्माले जिल्लाभर सुरक्षा व्यवस्था मजबुत पारिएको बताए । ‘शंकास्पद व्यक्तिहरूको सोधपुछ भइरहेको छ,’ उनले भने, ‘कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।’

वन प्रमुखमाथिको आक्रमणप्रति जिल्ला प्रशासन कार्यालयमा विभिन्न निजामती कर्मचारी संगठनले ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रमा राष्ट्रसेवक कर्मचारीमाथिको अराजक र घृणित व्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । ‘डिभिजनल वन अधिकृतमाथि कार्यकक्षमै भएको हमला हामी सम्पूर्ण पेसाकर्मीहरूको आत्मसम्मानमाथिको आक्रमण हो,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राज्यले यस्तो घटनाप्रति तुरुन्त गम्भीर चासो देखाई सुरक्षाको ठोस प्रबन्ध गर्नुपर्छ ।’

वनकर्मीहरूले जारी गरेको विज्ञप्तिमा यो आक्रमणले वन पेसाकर्मीहरूलाई हतोत्साहित तुल्याएको भन्दै घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ । ‘हामी दिनरात राज्यको सम्पत्तिको रक्षामा खटिएका छौँ, तर आफ्नै कार्यस्थलमै असुरक्षित महसुस गर्नु अत्यन्त दुःखद अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अब ढिलासुस्ती नगरी स्पष्ट सुरक्षा नीति ल्याउनुपर्छ ।’

घटनापछि डिभिजन वन कार्यालयको सेवा प्रभावित भएको छ। जिल्लाका अन्य सरकारी कार्यालयमा समेत सावधानी अपनाउँदै कामकाज भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE