जाजरकाेट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै अज्ञात समूहले आक्रमण गरेपछि जिल्लाभरका सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आर्थिक वर्षको अन्तिमतिर कार्यालयहरूमा चाप बढेका वेला कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी कार्यालयहरूमा प्रहरी गस्ती र सुरक्षा सशक्त बनाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।
‘जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूबाट सुरक्षा माग भएपछि हामीले गम्भीरतापूर्वक प्रहरी परिचालन गरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी मंग्रातीले भने, ‘कामकाजमा अवरोध, धम्की र आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर कदम चालिएको हो ।’
आइतबार डिभिजनल वन अधिकृत अमरप्रसाद साहमाथि अज्ञात समूहले कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेका थिए । आक्रमणकारीहरूको परिचय हालसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजी कार्य तीव्र बनाएको बताएको छ । प्रहरी प्रमुख डिएसपी वसन्तप्रसाद शर्माले जिल्लाभर सुरक्षा व्यवस्था मजबुत पारिएको बताए । ‘शंकास्पद व्यक्तिहरूको सोधपुछ भइरहेको छ,’ उनले भने, ‘कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।’
वन प्रमुखमाथिको आक्रमणप्रति जिल्ला प्रशासन कार्यालयमा विभिन्न निजामती कर्मचारी संगठनले ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रमा राष्ट्रसेवक कर्मचारीमाथिको अराजक र घृणित व्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । ‘डिभिजनल वन अधिकृतमाथि कार्यकक्षमै भएको हमला हामी सम्पूर्ण पेसाकर्मीहरूको आत्मसम्मानमाथिको आक्रमण हो,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राज्यले यस्तो घटनाप्रति तुरुन्त गम्भीर चासो देखाई सुरक्षाको ठोस प्रबन्ध गर्नुपर्छ ।’
वनकर्मीहरूले जारी गरेको विज्ञप्तिमा यो आक्रमणले वन पेसाकर्मीहरूलाई हतोत्साहित तुल्याएको भन्दै घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ । ‘हामी दिनरात राज्यको सम्पत्तिको रक्षामा खटिएका छौँ, तर आफ्नै कार्यस्थलमै असुरक्षित महसुस गर्नु अत्यन्त दुःखद अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अब ढिलासुस्ती नगरी स्पष्ट सुरक्षा नीति ल्याउनुपर्छ ।’
घटनापछि डिभिजन वन कार्यालयको सेवा प्रभावित भएको छ। जिल्लाका अन्य सरकारी कार्यालयमा समेत सावधानी अपनाउँदै कामकाज भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: