Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधिमा हुने भारी वर्षा, बढ्दो तापक्रम र लामो खडेरीले यो वर्षको मनसुन अझ जटिल र जोखिमपूर्ण बन्न सक्ने उनीहरूको आकलन छ।

नेपालसहित दक्षिण एसियाका देशहरूको मौसमी अवस्थाबारे गरिएको पछिल्लो विश्लेषणहरूले यस वर्षको मनसुन “सुक्खा तर अस्थिर” रहने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय मनसुन आउटलुक २०२६’ ले नेपाल, भारत, भुटान र पाकिस्तानमा औसतभन्दा कम वर्षा हुने र तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै नेपालमा कम वर्षा र बढी गर्मी हुने सम्भावना औंल्याइसकेको थियो। त्यसपछि सार्वजनिक भएका अन्य अन्तर्राष्ट्रिय जलवायु मोडलहरूले पनि सोही निष्कर्ष दोहोर्‍याएका छन्।

कम वर्षा, तर आकस्मिक वर्षाले ठूलो जोखिम

इसिमोडका जलविद् मनीष श्रेष्ठका अनुसार यस वर्षको मुख्य चुनौती वर्षाको मात्रा नभई यसको प्रकृति हो। उनका अनुसार लामो समयसम्म पानी नपर्ने र एक्कासि धेरै पानी पर्ने प्रवृत्तिले पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरोको जोखिम बढाउँछ।

विश्लेषणअनुसार पश्चिम नेपालमा सुख्खापन अझ तीव्र हुने सम्भावना ६०–८० प्रतिशतसम्म छ भने देशभर तापक्रम पनि औसतभन्दा ०.५ देखि १ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान गरिएको छ।

खडेरी र बाढी एउटै मौसममा

विज्ञहरूले यस वर्षको मनसुनलाई “दुई विपरीत जोखिमको संयोजन” का रूपमा व्याख्या गरेका छन्।खडेरी र बाढी दुवै एकै समयमा देखिन सक्ने अवस्था।

कम वर्षा, बढ्दो तापक्रम र कमजोर हिमपात सञ्चितिका कारण नदी, मुहान र भूमिगत पानीको स्रोत घट्ने जोखिम पनि बढेको छ। यसले खानेपानी, कृषि उत्पादन र ऊर्जा प्रणालीमा समेत दबाब सिर्जना गर्ने चेतावनी दिइएको छ।

इसिमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानका अनुसार बदलिँदो मनसुनले तयारी प्रणालीलाई अझ जटिल बनाइरहेको छ र सरकार तथा स्थानीय तहबीच समन्वय मजबुत बनाउनुपर्ने आवश्यकता छ।

पूर्वतयारीमा नयाँ दृष्टिकोणको आवश्यकता

विज्ञहरूले अब विपद् व्यवस्थापनमा परम्परागत ढाँचाले मात्र नपुग्ने बताएका छन्। छोटो अवधिको पूर्वानुमान, प्रभावमा आधारित चेतावनी प्रणाली र स्थानीय तहको सक्रिय तयारीलाई जोड दिनुपर्ने उनीहरूको सुझाव छ।

इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठका अनुसार खडेरी र बाढीलाई छुट्टाछुट्टै समस्या होइन, एउटै प्रणालीगत जोखिमका रूपमा हेर्नुपर्ने अवस्था आएको छ।

“अब एउटै प्रकारको विपद्को तयारी गर्ने युग समाप्त भइसकेको छ,” उनले भने, “प्रभावमा आधारित पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली नै मुख्य आधार बन्नुपर्छ।”

बढ्दो जलवायु अस्थिरता

जलवायु विज्ञहरूका अनुसार एल निनो र इन्डियन ओसन डाइपोल (IOD) जस्ता महासागरीय अवस्थाले यस वर्ष मनसुन कमजोर बनाउने संकेत गरेका छन्। यसले दक्षिण एसियामा वर्षा अनियमित हुने र तापक्रम बढ्ने सम्भावना थप बलियो बनाएको छ।

वर्षा सामान्यभन्दा कम भए पनि अचानक हुने तीव्र वर्षा, खडेरी, पहिरो र बाढीको संयुक्त असरले यो वर्षको मनसुनलाई बढी जोखिमपूर्ण बनाउने निष्कर्ष विज्ञहरूको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending