जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा वीरेन्द्रनगरमा सम्पन्न फोरममा प्रदेश तथा स्थानीय तहका अधिकारी, विकास साझेदार तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नपुगेको भन्दै आवश्यक उपकरण विस्तारलाई प्राथमिकतामा राखिने बताए । उनका अनुसार मौसम तथ्यांकको अभावले विपद् पूर्वसूचना प्रणाली कमजोर बनेको छ, जसलाई सुधार गर्न प्रदेश सरकार सक्रिय छ ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कँडेलले मनसुनजन्य जोखिम न्यूनीकरणमा विभागीय तयारी, मौसम पूर्वानुमान प्रणाली र २०८३ सालको जलवायु आकलनबारे प्रस्तुति दिएकी थिइन् ।
त्यसैगरी पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाका कर्णाली संयोजक उज्ज्वल अधिकारीले प्रस्तुत गरेको आकलन अनुसार २०८३ को मनसुनमा देशभर करिब ५९ हजार ८६८ घरपरिवारका २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान छ ।
उनका अनुसार प्रभावितमध्ये करिब ५१.१० प्रतिशत महिला र ४८.९० प्रतिशत पुरुष रहनेछन् भने २१ प्रतिशत वृद्धवृद्धा, ८ प्रतिशत बालबालिका, २.५ प्रतिशत अपाङ्गता भएका व्यक्ति र २ प्रतिशत प्रजनन उमेर समूहका महिला उच्च जोखिममा पर्ने देखिएको छ ।
प्रतिवेदनअनुसार लुम्बिनी प्रदेश सबैभन्दा बढी र कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने अनुमान गरिएको छ । कर्णालीमा करिब १३ हजार १७५ जनसंख्या प्रभावित हुन सक्ने उल्लेख छ ।
कार्यक्रममा सामाजिक विकास, भौतिक पूर्वाधार, उद्योग तथा पर्यटन मन्त्रालयका सचिवहरू, आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि तथा विभिन्न विकास साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
फोरममा सहभागीहरूले मनसुन जोखिम न्यूनीकरणका लागि प्रदेश–स्थानीय तह समन्वय, पूर्वसूचना प्रणाली विस्तार र समुदायस्तरमा तयारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २१:१०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...



प्रतिकृया लेख्नुहोस्: