Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

खबरडबली संवाददाता

काबुल । अफगान शरणार्थीहरू ठुलो सङ्ख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ । 

यसरी ठुलो सङ्ख्यामा शरणार्थीहरू एकैचोटि फिर्ता भएपछि अफगानिस्तानको पहिले नै संवेदनशील रहेको स्थायित्वमा थप असर पर्न सक्ने चेतावनी दिइएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को मार्च २० बाट लागु भएको फिर्तासम्बन्धी समयसीमापछि हालसम्म ६ लाख ४० हजारभन्दा बढी अफगान नागरिकहरू इरानबाट फर्किएका छन् । इरान र पाकिस्तान दुबैबाट हालसम्म १२ लाखभन्दा बढी अफगानहरू स्वदेश फर्किएको युएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।

युएनएचसीआरका अफगानिस्तानस्थित प्रतिनिधि  आराफत जमालले भने, “हामीले तुरुन्तै सहयोग पुर्‍याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई हामी आग्रह गर्न चाहन्छौं कि उनीहरूले आपतकालीन सहायता मात्र होइन, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरूमा पनि सहयोग पुर्‍याउन् । यदि शरणार्थीहरूलाई समाजमा सम्मानजनक र स्थायी रूपमा पुनःस्थापित गर्न सकिएन भने अस्थिरता र पुनः विस्थापनको चक्र निरन्तर दोहोरिन सक्छ ।”

संयुक्त राष्ट्रसङ्घले पुनः आग्रह गर्दै  शरणार्थीको फिर्ता स्वेच्छिक, सुरक्षित र मर्यादापूर्ण हुनुपर्ने भनेको छ । कुनै पनि प्रकारको दबाब वा जबरजस्ती फिर्ताले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्दैन, बरु समग्र क्षेत्रमा अस्थिरता निम्त्याउन सक्छ ।

युएनएचसिआरको अनुमान अनुसार हालसम्म पनि करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोवास गरिरहेका छन्, तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन् । तीमध्ये अधिकांशले कुनै पनि कानुनी कागजात नपाएका कारण उनीहरूको अवस्था झनै संवेदनशील रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले समग्र अन्तर्राष्ट्रिय समुदाय, छिमेकी राष्ट्र र सहयोगी संस्थाहरूलाई अपिल गर्दै शरणार्थीहरूको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending