रियो दि जेनेरियो। ब्राजिलमा चालु वर्षको मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घट्दै ६.२ प्रतिशतमा पुगेको छ, जुन विगत दस वर्षको सोही अवधिमा सबैभन्दा कम हो भन्ने तथ्य ब्राजिलको भूगोल तथा तथ्याङ्क संस्थान ९आइबिजिई० द्वारा सार्वजनिक गरिएको छ ।
संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर ६.८ प्रतिशत थियो। हालको दर अघिल्लो अवधिको तुलनामा ०.६ प्रतिशत बिन्दुले कमी आएको हो। यस्तै, गत वर्षको यही अवधिमा ७.१ प्रतिशत रहेको दर अहिले ०.९ प्रतिशत विन्दुले घटेको देखिएको छ ।
उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा ८.६ प्रतिशतले कम हो। यो घटबढको आधारमा करिब ६ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ। त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२.३ प्रतिशतको गिरावट हो ।
आइबिजिईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, “बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्नु हो । साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।”
उहाँका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याउने व्यक्तिहरूको सङ्ख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका ६ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए ।
“यसले श्रम बजारको सुदृढीकरणलाई सङ्केत गर्दछ। औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्याउने व्यक्तिको सङ्ख्या बढेको देखिन्छ,” विश्लेषक क्राटोकभिलले थप जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: