भारत । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ ।
राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले उनीहरूको विषाक्तताको कारण मृत्यु भएको आशङ्का गरेका छन् ।
द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । गाई खाएको आक्रोशमा गाईको मृत शरीरमा विष मिसाइएको र त्यही कारण बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का वन अधिकारीले गरेका छन् । “कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,” खान्द्रेले भने ।
निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर पुनरुत्थान भएको छ । पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।
तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको वस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: