अमेरिका। अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वत: अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला शुक्रबार साँझ हुने भएको छ ।
यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ताहरुले सर्वोच्चका नौ जना न्यायाधीशहरुसमक्ष आफ्नो दलील पेस गरेको थिए ।
अमेरिकी समाचारपत्रका अनुसार, अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी समय अनुसार शुक्रबार साँझसम्ममा यसको निर्णय दिने भएको छ । अमेरिकाको संविधानको १४ औँ संशोधनमा केही अपवादलाई छोडेर अमेरिकाभित्र जन्मने प्रत्येक बालबालिकाहरु स्वत: अमेरिकाको जन्मसिद्ध नागरिक हुने व्यवस्था गरिएको छ ।
विगत एक सय ५७ वर्षदेखि चल्दै आएको यो संवैधानिक व्यवस्थामाथि वर्तमान राष्ट्रपति ट्रम्प अनुदार थिए। त्यसैले उनले यो व्यवस्थालाई खारेज खारेज गर्न राष्ट्रपति भएको पहिलो दिनमै कार्यकारी निर्देशन जारी गरेको थिए । तर तल्लो अदालतले ट्रम्पको यो निर्देशनमाथि चुनौती दिँदै राष्ट्रपतिको यो कदम असंवैधानिक छ भनेर रोकेपछि यो मुद्दा सर्वोच्चमा पुगेको थियो ।
राष्ट्रपति ट्रम्प जन्मसिद्ध नागरिक हुने व्यवस्थामाथि परिवर्तन गर्न चाहनुहुन्छ । उनको भनाइ छ स्वत: नागरिक हुनका लागि अमेरिकामा जन्मेको बच्चाको बाबु वा आमामध्ये एकजनासँग कम्तीमा पनि अमेरिकाको नागरिक वा ग्रिन कार्ड हुनुपर्छ । संविधानमा भएको १४ औँ संशोधन दासहरुसँग मात्र केन्द्रित भएकाले अहिलेको समयमा पनि त्यही अवस्था भइराख्न नहुने उनको तर्क छ । यदि यो तरिकाले हेर्ने हो भने हामी मुद्दा जित्छौँ उनी भन्न्छन् ।
तर ट्रम्पको यो विवादास्पद कदमलाई लिएर अमेरिका विभाजित भएको थियो । कुनै राज्यले यसको समर्थन गरेका थिए भने केही सङ्घीय तथा राज्य न्यायाधीशहरुले संविधानमाथिको यो हमला सैह्य नहुने चेतावनी दिँदै यसलाई अस्वीकृत गरेका थिए । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको हो र यसको निर्णय आज हुने भएको हो ।
यो निर्णय कस्तो आउला र के आउला भन्ने खुल्दुली आम जनमानसमा छ । सर्वोच्चले ट्रम्पको कदममा समर्थन जनायो भने अब जन्मने बालबालिकाका लागि मात्र यो नियम लागू हुने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: