Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायताकाे पर्खाइमा रहेका २० जनाको मृत्यु

खबरडबली संवाददाता

गाजा । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता सङ्कलन गर्न पर्खिरहेका छ जनासहित २० जनाको मृत्यु भएको बुधबार गाजाको प्रहरीले जनाएको छ ।

गाजामा सहायता वितरण स्थलहरू नजिकका घातक घटनाहरूलाई सङ्केत गर्दै  ‘खानाको हतियारिकरण’ भएको भन्दै संयुक्त राष्ट्र सङ्घले निन्दा गरको छ । गाजामा अमेरिका र इजरायल समर्थित फाउन्डेसनले स्थापित मानवीय संस्थाहरूलाई धेरै हदसम्म प्रतिस्थापन गरेको छ ।

मध्य गाजामा सहायताको प्रतीक्षामा रहेका हजारौं सर्वसाधारणको भीडमा इजरायली सेनाले गोली चलाउँदा खाद्यान्न तथा आर्थिक सहायताको पर्खाइमा रहेका छ जनाको मृत्यु भएको र अन्य  ३० जना घाइते भएको बताएका छन् ।प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन् ।

निजी रूपमा सञ्चालित सहायता समूह गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ मा मङ्गलबार सहायता खोज्न आउनेको भीड बढेको थियो । प्यालेस्टिनी शरणार्थाीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय निकाय युएनआरडब्लुएले अमेरिका र इजरायली समर्थित प्रणालीलाई घृणित भनेको छ यसले प्यालेस्टिनीहरूको जीवनलाई जोखिममा पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयको गाजास्थित शाखा थामिन अल खितानका प्रवक्तालेसमेत यस क्षेत्रमा खानाको हतियारकरण को निन्दा गरेका छन् । 

मे महिनामा सहायता प्रतिबन्धमा केही खुकुलो पारिए पनि इजरायलले प्रतिबन्धहरू जारी राखेको छ । हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै ५०० भन्दा बढी मानिस मारिएको बताएको छ । मङ्गलबार इजरायली सेनाले सहायताको प्रतीक्षामा रहेका ४६ जनाको हत्या गरेको नागरिक सुरक्षार्थ बनाइएको गाजाको एक निकायले जनाएको छ ।

जीएचएफले भने आफ्नो सहायता केन्द्र नजिकैको मृत्युको जिम्मेवारी अस्वीकार गरेको छ । प्रवक्ता बासलले मध्य र उत्तरी गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् । 

मध्य नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा एक बच्चासहित छ जनाको मृत्यु भएको र डेर अल–बलाह र गाजा सहरको पूर्वमा दुईवटा छुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending