Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’: बर्लिन

खबरडबली संवाददाता

बर्लिन । जर्मनीले इरानलाई संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)सँग काम गरिरहन आग्रह गर्दै इरानी सांसदहरूले आइएइएसँगको सहकार्य रोक्न गरेको मतदानलाई ‘पूर्णतया गलत सङ्केत’ को संज्ञा दिएको छ ।

जर्मनीले इरानी सरकारलाई यो बाटोमा नजान आग्रह गरेको विदेशमन्त्री जोहान बेडफुलले एक पत्रकार सम्मेलनमा बताए । बेडफुलको यो टिप्पणी इरान र इजरायलबिच १२ दिनसम्म चलेको युद्ध र इरानको संसदमा भएको मतदानको एक दिनपछि आएको हो ।

युद्धका क्रममा अमेरिकाले इरानी आणविक केन्द्र र इजरायलले इरानी आणविक केन्द्रका साथै अन्य स्थलमा आक्रमण गरेका थिए । इरानको सरकारी टेलिभिजनका अनुसार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानको आणविक केन्द्रमाथि भएको आक्रमणको निन्दा गर्नसमेत अस्वीकार गरेको र आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता लिलामीका लागि राखेको बताएका छन् । 

इरानी संसदको निर्णयका लागि अझै पनि इरानको गार्जियन काउन्सिलको अनुमोदन आवश्यक छ, जुन कानुनको परीक्षण गर्ने अधिकार प्राप्त निकाय हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता अमेरिका र इरानबिच वार्ता हुने बताएपछि वेडफुलले अमेरिका र इरानबिच वार्ता हुने ‘आशावादी सङ्केत’ देखिएको बताए । 

क्यानाडाका समकक्षी नेता अनिता आनन्दसँगको संयुक्त पत्रकार सम्मेलनमा वेडफुलले भने, “हामी जतिसक्दो चाँडो बाध्यकारी सम्झौताका लागि हाम्रा सबै कूटनीतिक प्रयासलाई अघि बढाइरहेका छौँ । बेलायत, फ्रान्स र जर्मनीको तथाकथित इ-३ समूहले कुनै पनि वार्तामा ‘केन्द्रीय भूमिका खेल्ने’ र ‘इरानले स्पष्ट रूपमा युरोपेली घटकको सहयोग चाहेको’ उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending