Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

म्यानमारकी नेत्री आङ सान सुकीको ८० औँ जन्मदिन जेलमै

खबरडबली संवाददाता

याङगुन । म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छिन् । हिरासतमा उनले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहेकाे छ । 

सुकी म्यानमारको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व थिइन् । सैन्य शासनबाट खुल्दै गर्दा उनि वास्तविक नेत्री बनेकी थिइन् । तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उनि भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइन । २७ वर्षको सजाय भोगिरहेकी छिन् ।

“यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उनका ४७ वर्षीय छोरा किम एरिसले भने, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।” उनले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहेका छन् । आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गरिरहेका छन् । 

तर सुकीले ती देख्न पाएकी छैनन् । उनि म्यानमारको फैलिएको राजधानी नेपिडोमा एकान्तमा छन् । जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।  एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताए । “उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उनले भने । उनले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गरे । 

के तपाईं अझै याद गर्नुहुन्छ ?

सैन्य नियन्त्रणमा रहेका म्यानमारको भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उनको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएको छ ।

केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्वीर समातेका थिए । “के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ रु”, भिडियोमा एक प्रदर्शनकारीले सोधे ।

सुकी बहुसङ्ख्यक बौद्ध देशमा निकै लोकप्रिय छिन् । तर उनले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उनको स्थिति ध्वस्त भएको थियो । म्यानमारको सेनाको लामो प्रभावको विरुद्धमा उनि शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिङ्ग्यालाई उनको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो ।

तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उनको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ ।

बन्द भएको जन्मदिन

म्यानमारको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बनिन । आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उनि सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किइन । तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थाले । 

उनि १५ वर्षसम्म बन्द थिइन् । जसमध्ये अधिकांश समय उनको परिवारको याङ्गुन लेकसाइड हवेलीमा थियो । त्यहाँ उनले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गरे । सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उनको शान्त अस्वीकारले उनलाई स्पटलाइटमा ल्यायो र उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो ।

सुकी सन् २०१० मा रिहा भइन । सन् २०१५ मा उनको नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गरिन । सेनाद्वारा बनाइएको नियमहरूका कारण उनि कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सकिनन । 

यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान कारावासबाट रिहा भइन् । एरिसले उनि सम्भवतः म्यानमारको राजनीतिमा ‘अग्रङ्क्तिको स्थिति’ बाट पछाडि हट्नुहुने भविष्यवाणी गरे ।  सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending