Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

खबरडबली संवाददाता

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ ।

अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिएका छन्, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिएका छन् । सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए ।

इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ । इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ । ‘फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर’ गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ । इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ । विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्रव्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् ।

मङ्गलबार राति आफ्ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गरे । धनी प्रजातन्त्रका क्लबका नेताहरूले संयुक्त रूपमा युद्धविरामको आह्वान गरेको क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट हतारमा बाहिरिएपछि ट्रम्पले अमेरिकी हस्तक्षेपबारे अटकलबाजीलाई बढावा दिए ।

मङ्गलबार वासिङ्टनमा ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरे । उनले अमेरिकाले इरानका सर्वोच्च नेताको सजिलै हत्या गर्न सक्ने पनि घमण्ड गरे । “हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुक्नुभएको छ भनेर ठ्याक्कै जान्दछौँ । उनि सजिलो लक्ष्य हुनुहुन्छ, तर त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त छैनौँ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे ।

उनले द्वन्द्वको बारेमा छलफल गर्न आफ्नो राष्ट्रिय सुरक्षा परिषद्सँग भेट गरे । बैठक एक घण्टा २० मिनेटपछि कुनै तत्काल सार्वजनिक बयान बिना समाप्त भयो । मध्यपूर्वको ‘चिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिए । अमेरिकी अधिकारीहरूका अनुसार उनले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गरेको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending