Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते : इजरायली उद्धारकर्ता

खबरडबली संवाददाता

जेरुसेलम । इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ ।

मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुषका साथै एक थप समावेश छन् ।
अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा एक महिलाको अवस्था गम्भिर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ ।

एमडिएले चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ । इजरायलले इरानमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका थिए । इरानले सोमबार इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबार तेहरानले इजरायली नागरिकहरूमाथि इरानी आक्रमणको चर्को मूल्य चुकाउने चेतावनी दिए । 

इजरायली आक्रमणपछि भारतद्वारा इरानमा रहेका विद्यार्थी स्थानान्तरण

यसैबिच इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्र्थीहरूलाई सुरक्षित स्थानमा स्थानातरण गरिएको जनाइएको छ । गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण गरेर प्रतिक्रिया दिइरहेको छ । यसले द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आकलन बढाएको छ ।

दुवै देशसँग सम्बन्धमा रहेको भारतले तेहरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि आफ्ना नागरिकहरूलाई इरानभित्र स्थानान्तरण गर्न खोजेको जनाएको छ । तेहरानमा रहेको भारतीय दूतावासले सुरक्षा अवस्थाको निरन्तर निगरानी गर्दै इरानमा रहेका भारतीय विद्यार्थीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरेको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

केही विद्यार्थीलाई दूतावासको सुविधासहित इरानका सुरक्षित स्थानहरूमा सारिएको मन्त्रालयले जनाएको छ । गत वर्षको सरकारी तथ्याङ्कअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् भने सन् २०२२ को तथ्याङ्कमा इरानमा दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

भारतले शुक्रबार दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको बताएको छ । इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जवाबी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending