Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सांसद यादवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६ करोड बिगो

खबरडबली संवाददाता

काठमाडौं । मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका आर्थिक वर्ष २०७७/०७८ को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम बमोजिम धनुषा औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख ५२ हजार ६५० रुपियाँ बराबरको लागत अनुमान तयार भइ मिति २०७८ वैशाख १७ गते बोलपत्र आव्हान भएको थियो ।

प्रवक्ता पौडेलका अनुसार सो आह्वान २०७८ जेठ २३ गतेसम्म रहने गरी सात दिन म्याद थप गरिएकोमा प्रतिवादीको मिलेमतोमा बदनियत राखी २०७८ जेठ ३१ गतेसम्म रहने गरी आठ दिन म्याद थप गरिएको थियो ।

आयोगका अनुसार १५ वटा बोलपत्रदातामध्ये १३ वटा बोलपत्रदाताको बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा असफल गरे गराएको तथा डि एण्ड एन जेभी र समानन्तर/बबुल जे भी ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा मिति २०७८ जेठ ३०  गते बोलपत्र पेस गरे गराएको देखिएको छ ।

औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा नम्बर १ का वडाअध्यक्ष आशेव्र यादव, तत्कालीन वडा २ अध्यक्ष अमित कुमार यादव, वडा ३ का अध्यक्ष गंगा प्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का अध्यक्ष प्रमेश्वर कुमार मण्डल, वडा ६ का अध्यक्ष दिलिपकुमार साह, तत्काली नइन्जिनियर सोनु साह, सव-इन्जिनियर सन्तोष कुमार मण्डल, सव-इन्जिनियर बिनित कुमार साह, खरिदार मोहनकुमार मण्डल, खरिदार मनोजकुमार यादवविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

यसैगरी, लुम्बिनी/डि. एण्ड एन. जे. भी. तथा डि. एण्ड एन. बिल्डर्स प्रा.लि. का तत्कालीन प्रबन्ध निर्देशक तथा हालका सांसद ठाकुरसहित लुम्बिनी बिल्डर्स प्रा.लि. का तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइएको आयोगले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending