काठमाडौं। विश्वमा चलिरहेका दुई युद्ध रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले हामीलाई अप्रत्याशित नतिजा दिएर चकित बनाइरहेको छ।
एकातिर सन् २०२४ इजरायलका लागि युद्धको वर्ष थियो भने अर्कोतर्फ हतियार अर्थतन्त्रका लागि ‘बम्पर नाफा’को वर्षको रूपमा इतिहास कायमसमेत गरेको थियो ।
विश्वव्यापी आलोचनाका बिचमा गाजा युद्ध, लेबनान र सिरियाको द्वन्द्वका बावजुद इजरायलले यस वर्ष हतियार बजारमा धेरै देशलाई उछिन्दै १४.८ बिलियन अमेरिकन डलरको हतियार बिक्री गरेको छ । कुनै समय विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रहेको रुस यस दौडमा ९२ प्रतिशतले पछि परेको छ।
इजरायलको रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा रक्षा निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार सन् २०२३ मा निर्यात १३ बिलियन डलर रहेकोमा सन् २०२४ मा १४.८ बिलियन डलर पुगेको छ । तर, जेम्सटाउन फाउन्डेसनले रिपोर्ट गरेको छ कि रूसको हतियार बिक्री २०१९–२०२१ को बीचमा आधा र २०२१–२०२४ बीच ९२ प्रतिशतले घटेको छ।
सन २०२४ मा इजरायलको हतियार बिक्री ५४ प्रतिशत त युरोपमा मात्रै थियो, जुन २०२३ मा ३५ प्रतिशतमा सिमित थियो। सबैभन्दा ठूलो सम्झौता एरो–३ मिसाइल रक्षा प्रणालीको लागि जर्मनीसँग ३.८ बिलियनमा सम्झौता भएको थियो, जसले युरोपमा इजरायली प्रविधिको ढोका खोलेको थियो । युरोपेली देशहरूले आफ्नो सुरक्षा र सैन्य क्षमता बलियो बनाउन रुसको सट्टा इजरायलबाट हतियार लिन थालेका छन् ।
जसअनुसार युद्दको बिचमा पनि इजरायलले मिसाइल, वायु रक्षा प्रणाली र रकेट ४८.५ प्रतिशत, बख्तरबंद सवारीसाधन ९ प्रतिशत, मानवसहित विमान ८ प्रतिशत, साइबर र खुफिया प्रणाली ४ प्रतिशत, ड्रोन र युएभीएस १ प्रतिशतलगायत निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ।
विश्व बजारमा इजरायलको हिस्सा ३ दशमलव १ प्रतिशत मात्रै भए पनि यसको वृद्धिदर सबैभन्दा छिटो भएको मानिएको छ । गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन, विश्वभर हतियार बेचेर ठूलो नाफा पनि कमाइरहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा रूस पनि युद्धमा फसेको छ तर सँगसँगै यसको हतियार बजार भने संकुचित भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: