काठमाडौं। विश्वमा चलिरहेका दुई युद्ध रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले हामीलाई अप्रत्याशित नतिजा दिएर चकित बनाइरहेको छ।
एकातिर सन् २०२४ इजरायलका लागि युद्धको वर्ष थियो भने अर्कोतर्फ हतियार अर्थतन्त्रका लागि ‘बम्पर नाफा’को वर्षको रूपमा इतिहास कायमसमेत गरेको थियो ।
विश्वव्यापी आलोचनाका बिचमा गाजा युद्ध, लेबनान र सिरियाको द्वन्द्वका बावजुद इजरायलले यस वर्ष हतियार बजारमा धेरै देशलाई उछिन्दै १४.८ बिलियन अमेरिकन डलरको हतियार बिक्री गरेको छ । कुनै समय विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रहेको रुस यस दौडमा ९२ प्रतिशतले पछि परेको छ।
इजरायलको रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा रक्षा निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार सन् २०२३ मा निर्यात १३ बिलियन डलर रहेकोमा सन् २०२४ मा १४.८ बिलियन डलर पुगेको छ । तर, जेम्सटाउन फाउन्डेसनले रिपोर्ट गरेको छ कि रूसको हतियार बिक्री २०१९–२०२१ को बीचमा आधा र २०२१–२०२४ बीच ९२ प्रतिशतले घटेको छ।
सन २०२४ मा इजरायलको हतियार बिक्री ५४ प्रतिशत त युरोपमा मात्रै थियो, जुन २०२३ मा ३५ प्रतिशतमा सिमित थियो। सबैभन्दा ठूलो सम्झौता एरो–३ मिसाइल रक्षा प्रणालीको लागि जर्मनीसँग ३.८ बिलियनमा सम्झौता भएको थियो, जसले युरोपमा इजरायली प्रविधिको ढोका खोलेको थियो । युरोपेली देशहरूले आफ्नो सुरक्षा र सैन्य क्षमता बलियो बनाउन रुसको सट्टा इजरायलबाट हतियार लिन थालेका छन् ।
जसअनुसार युद्दको बिचमा पनि इजरायलले मिसाइल, वायु रक्षा प्रणाली र रकेट ४८.५ प्रतिशत, बख्तरबंद सवारीसाधन ९ प्रतिशत, मानवसहित विमान ८ प्रतिशत, साइबर र खुफिया प्रणाली ४ प्रतिशत, ड्रोन र युएभीएस १ प्रतिशतलगायत निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ।
विश्व बजारमा इजरायलको हिस्सा ३ दशमलव १ प्रतिशत मात्रै भए पनि यसको वृद्धिदर सबैभन्दा छिटो भएको मानिएको छ । गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन, विश्वभर हतियार बेचेर ठूलो नाफा पनि कमाइरहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा रूस पनि युद्धमा फसेको छ तर सँगसँगै यसको हतियार बजार भने संकुचित भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: