Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी: जापान

खबरडबली संवाददाता

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित करलाई सहज बनाउने उद्देश्यले भएको वार्तामा ‘प्रगति’ भइरहेको जापानले शनिबार बताएको छ । दुई पक्षबीच ‘सहमतिको बिन्दु’ फेला भने नपरेको जापानी अधिकारीले बताएका छन् । 

अमेरिकाको एक प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूमा लगाइएको कर समान १० प्रतिशतको आधारभूत शुल्क लगाउने ट्रम्प प्रशासनले घोषणा गरेको छ । यसबाहेक कार, इस्पात र आल्मुनियममा कडा कर दरको घोषणा गरिएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गरेका थिए । तर पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै पनि वार्ताका लागि समय दिएका छन् । जापानले ट्रम्पले घोषणा गरेका सबै कर हटाउन चाहेको छ । अमेरिकाका लागि टोकियोका व्यापार प्रतिनिधि रयोसी अकाजावाले वासिङ्टनमा जापानी पत्रकारहरुसँग भने, “पाँचौं चरणको वार्ताका क्रममा हामीले सम्झौताको दिशामा थप प्रगति गरेका छौँ ।”

उनले भनेका छन्, वार्तामा प्रगति भएको छ तर अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकिएको छैन ।” अकाजावाका अनुसार टोकियोले जतिसक्दो चाँडो सम्झौता गर्ने आशा गरेको छ, तर जुन १५ मा सुरु हुने जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा वार्ता जारी रहन सक्छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबा र ट्रम्पले क्यानडामा हुने जी–७ शिखर सम्मेलनको समयमा द्विपक्षीय वार्ता गर्ने योजना बनाएको बताइएको छ । वासिङ्टनको कारमा २५ प्रतिशत कर लगाउने निर्णय टोकियोका लागि पीडादायी छ । सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग सम्बन्धित छ । 

विश्वको चौथो ठूलो अर्थतन्त्र जापानको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले खुम्चिएको छ, जसले जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि लोकप्रियता घटिरहेको देखिएका इशिबामाथि दबाब थपेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending