Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा बेलिब्रिज जडानपछि नियमित सञ्चालन

खबरडबली संवाददाता

मकवानपुर । हेटौँडालाई काठमाडौंसँग जोड्ने सडक कान्ति लोकपथ आइतबारदेखि सञ्चालनमा आएको छ । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ को सिमाना बगुवास्थित बागमती नदीमा मकवानपुरतर्फ बेलिब्रिज जडान गरेसँगै कान्ति लोकपथ सञ्चालनमा आएको हो ।

२१ जेठबाट कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरेर सुरु गरिएको बेलिब्रिज जडानको काम शनिबार राति अबेर सकिएको कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । ‘गत २१ जेठदेखि कान्ति लोकपथमा सवारी आवागमन नै बन्द गरेर हामीले काम सकेका छौँ । शनिबार राति ढिलोसम्मै काम गरेर बेलिब्रिज जडानको काम सकिएको हो,’ उनले भनिन्, ‘योसँगै आइतबार बिहानदेखि कान्ति लोकपथ सञ्चालनमा आएको छ ।’ उनले २४.४ मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको बेलिब्रिज जडान गर्न २४ सै घण्टा कामदार र प्राविधिकहरू खटिएको जानकारी दिइन् । बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीनवटा एक्स्काभेटरसहित करिब ५० जना कामदार र प्राविधिकहरू खटिएको उनले बताइन् ।

योजना प्रमुख बज्राचार्यका अनुसार बेलिब्रिजको संरक्षणका साथै पुलसम्मको महुँचमार्गमा ग्याबिन जाली लगाउने काम पनि सकिएको छ । बेलिब्रिज र पुलसम्मको पहुँच मार्गको फाउन्डेसन निर्माणका लागि कुल दुई करोड रुपैयाँ बजेट विनियोजन गरिकोमा करिब एक करोड ४५ लाख रुपैयाँमा काम सम्पन्न भएको इन्जिनियर साजन न्यौपानेले जानकारी दिए ।

गत १२ असोजमा आएको बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फको १५ मिटर पहुँच मार्ग बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि पटक–पटकको बाढीले डाइभर्सन बगाउँदा केही दिनदेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको थियो ।

१५ जेठमा बागमतीमा आएको बाढीले एउटा तेलट्यांकर र एउटा डब्बा ट्रकसमेत बगाएको थियो । यसैबिच, कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकातर्फ ठिंगन–बगुवा सडकखण्डको गँगटेनजिकै रहेको भर्‍याङडाँडामा सडक चौडाइ विस्तारका लागि चट्टान कटानको काम सकिएको जानकारी पनि प्रमुख बज्राचार्यले दिइन् । उनले उक्त क्षेत्रमा अब तत्काल कुनै सडक समस्या नरहेको बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending