Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

खबरडबली संवाददाता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन ।

प्रदेशमा चमेलिया जस्ता ठूला आयोजना तथा कालंगा र अपि हाइड्रोसहित निजी क्षेत्रका परियोजनाबाट करिब १३५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । उत्पादन बढ्दै गएर राष्ट्रिय प्रसारण लाइनमा निरन्तर योगदान भए पनि स्थानीयस्तरमा भने अझै हजारौँ घरधुरी अँध्यारोमै छन् ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका अनुसार प्रदेशमा विद्युतीकरणको दर ८८ प्रतिशत पुगेको छ । बाँकी १२ प्रतिशत घरधुरी, अर्थात् करिब ६० हजार ७८७ परिवार अझै विद्युत् सेवाबाट वञ्चित छन् ।

प्राधिकरणका तथ्याङ्कअनुसार यी घरधुरीमा न त राष्ट्रिय प्रसारण लाइन पुगेको छ, न त सौर्य वा लघु जलविद्युत् प्रणालीको पहुँच छ । यसले गर्दा ग्रामीण तथा दुर्गम बस्तीका नागरिक अझै टुकी, दियालो र सल्लाको भरमा रात बिताउन बाध्य छन् ।

यसैबीच, प्रदेशमा वैकल्पिक ऊर्जा प्रयोग पनि विस्तार हुँदै गएको छ । सोलार र साना लघु जलविद्युत् प्रणालीमार्फत करिब ८३ हजार ९५६ घरधुरीले सेवा लिइरहेका छन् । यससँगै कुल ४ लाख १७ हजार ७९४ घरधुरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।

प्रदेशका सबै ८८ स्थानीय तहमा कुनै न कुनै रूपमा विद्युत् पुगे पनि दुर्गम वडाहरू अझै पूर्ण रूपमा उज्यालो हुन सकेका छैनन् । सुगम क्षेत्रमा बत्ती पुगे पनि कुना–कन्दराका बस्तीहरू अझै अँध्यारोमै रहेका छन् ।

उत्पादन पक्षमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । हाल निजी क्षेत्रबाट १०३.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने सरकारी क्षेत्रबाट ३१.६ मेगावाट मात्र उत्पादन भएको छ, जसमा मुख्य योगदान चमेलिया जलविद्युत् आयोजनाको रहेको छ ।

उत्पादन राम्रो भए पनि प्रसारण लाइन विस्तार र वितरण पूर्वाधारको कमजोरीका कारण स्थानीयले प्रत्यक्ष लाभ लिन नसकेको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणले भने आगामी दुई वर्षभित्र बाँकी रहेका सबै घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार दुर्गम भौगोलिक अवस्था र पूर्वाधार चुनौती भए पनि विद्युतीकरण विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ ।

प्राधिकरणले सुदूरपश्चिमलाई पूर्ण विद्युतीकरणतर्फ लैजाने योजना अघि सारेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भोटे देखाएर सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...

राहदानी काण्डमा अख्तियारको म्यादपछि आरजुको जवाफ : ‘उपचारमा छु, अहिले आउन सक्दिनँ’

काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...

काठमाडौं महानगरको बजेट : कुन क्षेत्रलाई कति बजेट ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा...

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...

अर्थतन्त्रका ‘गेम चेन्जर’ सम्मानित : निजी क्षेत्रको मनोबल बढाउन २९ अवार्ड

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...

२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...

सात लाख ऋण, दुई महिना मै चुक्ता : टमाटरले लेखेको बाँकेका वीरेन्द्रकाे सफलता कथा

बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...

मोबाइल पानीमा, टेम्पो भीरमा : कानुन लागू हुँदैछ कि शक्ति प्रदर्शन ?

सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...

लुम्बिनीबाटै ओलीलाई दबाब : ‘नेतृत्व फेरे मात्र एमाले ब्यूँतिन्छ’

बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending