Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

मस्कलाई ट्रम्पको चेतावनी : डेमोक्र्याटलाई समर्थन गरे ‘गम्भीर परिणाम’ भोग्नुपर्नेछ

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई डेमोक्र्याटिक उम्मेदवारहरूलाई आर्थिक सहयोग गरे ‘धेरै गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। यी दुईबिच गत सातादेखि सुरु भएको विवाद साम्य हुने संकेत लिएको छैन। 

आइतबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले यो चेतावनी दिएका हुन्। मस्कले रिपब्लिकनको आर्थिक विधेयकलाई ‘घृणित’ भनेपछि सुरु भएको झगडा अब आपसी धम्कीमा परिणत भएको छ।

ट्रम्पले अन्तर्वार्ताकार क्रिस्टन वेल्करलाई मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए। गत वर्ष भएको राष्ट्रपति चुनावमा मस्कले ट्रम्पलाई करिब ३० करोड डलर उपलब्ध गराएका थिए। अन्तर्वार्तामा ट्रम्पले मस्कलाई डेमोक्र्याट्सलाई आर्थिक सहयोग नगर्न चेतावनी दिए। ‘यदि उनले यसो गरे भने, उनले त्यसको गम्भीर परिणाम भोग्नुपर्नेछ,’ ट्रम्पले एनबीसी न्यूजलाई भने।

मस्कसँग सम्बन्ध सुधार्ने इच्छा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले ‘छैन’ भनेका छन्। सम्बन्ध समाप्त भयो कि भन्ने प्रश्नमा उनले भने, ‘मलाई यस्तै लाग्छ।’ उनले मस्कसँग कुरा गर्ने कुनै योजना नभएको पनि बताए। ‘म अहिले अन्य काममा धेरै व्यस्त छु,’ ट्रम्पले भने, ‘मेरो उनीसँग कुरा गर्ने कुनै मनसाय छैन।’

तर उनले यो झगडाले रिपब्लिकन पार्टीलाई एकताबद्ध गर्न मद्दत पुगेको दाबी गरेका छन्। ‘पार्टी यसअघि कहिल्यै यति एकताबद्ध भएको थिएन। यो कहिल्यै भएको थिएन,’ उनले भने।

आर्थिक विधेयकलाई ‘बिग एण्ड ब्युटिफुल बिल’ भन्दै उनले यो विधेयक दुवै सदनबाट पारित हुने बताए। अमेरिकाको तल्लो सदनले यो विधेयक थोरै मतले पारित गरिसकेको छ र सिनेटमा विचाराधीन छ। केही दक्षिणपन्थी रिपब्लिकन सांसदहरू मस्कको खर्च कटौतीको चिन्तासँग सहमत देखिन्छन्। उनीहरू आफ्नो विचार परिवर्तन गर्न सक्ने बताउँछन्।

प्रस्तावित विधेयकले ट्रम्पको सन् २०१७ को कर कटौतीलाई विस्तार गरेको छ। सीमा सुरक्षा र सेनाका लागि नयाँ खर्च प्रस्ताव गरेको छ। रिपब्लिकनहरूले मेडिकेड, फुड स्ट्याम्प र हरित–ऊर्जा करजस्ता कार्यक्रममा कटौतीमार्फत यी खर्च पूरा गर्ने लक्ष्य राखेका छन्।

अमेरिकाको कंग्रेसनल बजेट कार्यालय र स्वतन्त्र विश्लेषकहरूको प्रक्षेपणअनुसार यो विधेयकले आगामी १० वर्षमा २।३ खर्ब डलरदेखि ५ खबर्डलरसम्म घाटा बढाउने अनुमान छ। ह्वाइट हाउसका अधिकारीहरू कर कटौतीबाट हुने आर्थिक वृद्धिले यो खर्च सन्तुलन गर्ने तर्क गर्छन्।

ट्रम्पले एनबीसीसँगको अन्तर्वार्तामा यो विधेयक ४ जुलाईअघि सिनेटबाट पारित हुनेमा ‘धेरै विश्वस्त’ रहेको बताए। ‘मलाई लाग्छ, वास्तवमा एलनले विधेयकलाई झन् लोकप्रिय बनाएका छन्। यसअघि ध्यान नदिनेहरूले यसमा ध्यान दिन थालेका छन्। त्यस अर्थमा, उनले राम्रै उपकार गरेका छन्। लाजमर्दो कुरा, उनी यति धेरै निराश र दुखी छन्,’ उनले भने।

उनले मस्कलाई ‘राष्ट्रपति कार्यालयको अनादर गरेको’ आरोप पनि लगाएका छन्। ‘मलाई लाग्छ यो धेरै नराम्रो कुरा हो, किनभने तपाईंले राष्ट्रपति कार्यालयको अनादर गर्न सक्नुहुन्न,’ उनले भने।

यसअघि मस्कले एक्सबाट एउटा पोस्ट डिलिट गरेका थिए, जसमा ट्रम्प र बदनाम धनाढ्य जेफ्री एपस्टेनबिचको सम्बन्धको प्रसंग जोडिएको थियो। उक्त पोस्टबारे प्रश्न गर्दा ट्रम्पले भने, ‘त्यो पुरानो समाचार हो। एपस्टेनका वकिलले पनि मसँग यसको कुनै सरोकार छैन भनेर भनिसकेका छन्।’

शनिबार उपराष्ट्रपति जेडी भ्यान्सले मस्क फेरि सरकारमा फर्कने बताए। ‘मलाई लाग्छ, यदि मस्क अलिकति शान्त भए सबै कुरा ठीक हुनेछ,’ भ्यान्सले भने।गार्जियनबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायकनै गगन हो, उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लग...

'मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद' भन्दै विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम: विपद् व्यवस्थापनदेखि खानेपानी र सहरी योजनामा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...

असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...

रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending