इस्तानबुल। यतिखेर टर्कीले नयाँ संकटको सामना गरिरहेको छ।
यो आर्थिक वा राजनीतिक संकट भने होइन, यो सङ्कट जनसंख्यासँग सम्बन्धित छ । टर्कीको जनसंख्या लगातार घट्दै गएको छ र टर्कीका महिलाहरू कम बच्चा जन्माउन थाले पछि राष्ट्रपति रेसेप तैयप एर्डोगानका लागि चिन्ताको विषय बनेको छ।
घट्दो जन्मदरलाई ‘युद्धभन्दा ठूलो खतरा’ मानिएको छ र टर्की सरकारले यसलाई सामना गर्न धेरै कदम चालिरहेको छ। सन्तान जन्माउन प्रोत्साहन गर्ने नीतिहरू बनाइएको छ र सन २०२५ लाई टर्कीमा ‘परिवारको वर्ष’ घोषणा गरिएको छ।
एर्दोगानले गत महिना सन् २०२६ लाई ‘परिवारको दशक’ को सुरुवात हुने घोषणा गरेका थिए। तर टर्कीले गहिरो आर्थिक संकटमा फसेकोले महिलाहरूलाई कम्तिमा ३ सन्तान जन्माउन उनले गरेको अपील र नवविवाहित जोडीहरूलाई आर्थिक प्रोत्साहनको प्रस्ताव पर्याप्त नहुन सक्छ।
आधिकारिक तथ्याङ्कले देखाउँछ कि टर्कीको जन्मदर २००१ मा प्रति महिला २.३८ बच्चाहरुबाट सन २०२५ को सुरूवातीमा १.४८ मा झरेको छ, जुन फ्रान्स, बेलायत वा अमेरिका भन्दा कम हो, जसका कारण ७१ वर्षीय इस्लामवादी र ४ छोराछोरीका पिता एर्दोगानले विपत्ति भनेर वर्णन गरेका छन् ।
आफ्नो २२ वर्षको कार्यकालमा पहिले प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिका रूपमा ८ करोड ५० लाख जनसङ्ख्या भएको यो देशमा प्रजनन दरमा तीव्र गिरावट आएको उनले देखेका छन । तर, जन्मदर घटनुमा राष्ट्रपतिले एर्दोगानले यसका लागि महिला र तेस्रो लिङ्गी दुवैलाई दोष दिएका छन्।
तर, नारीवादी कार्यकर्ता बेरिन सोन्मेजले प्रतिवाद गर्दै भनिन्, ‘महिला र एलजीबिटीक्युं व्यक्तिहरूलाई घट्दो जनसंख्या वृद्धि दरको लागि एकमात्र दोषी मानिन्छ जबकि राजनीतिक गल्तीहरू स्वीकार गरिँदैन।’ यो अराजक र अनिश्चित वातावरणमा मानिसहरु सन्तान जन्माउन हिचकिचाउन सक्ने उनको भनाइ छ । यसबाहेक, बालबालिकाको लागि सहयोग लगभग छैन र हेर्दा हेर्दै शिक्षा सबैभन्दा महँगो क्षेत्र भएको छ।
टर्कीले त्यसमाथी अहिले आर्थिक संकट र रोजगारीको अभावको सामना गरिरहेको छ। आधिकारिक तथ्याङ्क अनुसार टर्कीले विगत ४ वर्षदेखि मुद्रास्फीतिसँग संघर्ष गरिरहेको छ, जसका कारण शिक्षाको लागत गत वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: