Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

खबरडबली संवाददाता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको आज उद्घाटन गर्दै उनले चिनियाँ भाषा प्रशिक्षणले भाषिक ज्ञानले नेपाल–चीन सम्बन्धमा सेतुको काम गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए ।

पर्यटन पेसाकर्मी तथा व्यवसायीहरूलाई लक्षित गर्दै पर्यटन बोर्डमा चिनियाँ भाषा प्रशिक्षण आयोजना गरिएको हो । पर्यटनमन्त्री पाण्डेले भने, “भाषिक दक्षता हुनु भनेको जीवनको सम्पत्ति हो । चिनियाँ भाषाको ज्ञानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”

उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई सभ्यता, इतिहास र दर्शनको संवाहक पनि भएको बताए । चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतका रूपमा काम गर्नसक्ने उनको भनाइ छ । उनले भने, “चिनियाँ भाषाको अनुवादक हुनु भनेको सीपयुक्त जनशक्ति निर्माण गर्नु हो । यसले पर्यटन विकासमा सहयोग पुग्छ र स्वरोजगार सिर्जना गर्न मद्दत गर्छ ।”

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भाषा प्रशिक्षण कार्यक्रम नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको जानकारी दिए । उनले भने, “नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षणको उद्घाटनमा सहभागी भएको छु । नेपाल आउने चिनियाँ पर्यटकहरू आफ्नै भाषामा संवाद गर्न चाहन्छन्, त्यसैले यस कार्यक्रमले पर्यटन सेवाको गुणस्तर वृद्धि गर्नेछ ।”

राजदूत सोङले चिनियाँ भाषा पर्यटन बजारको ढोका खोल्ने सुनौलो अवसर भएको उल्लेख गर्दै चिनियाँ पर्यटकहरू केवल सामान खरिद गर्न मात्र नभई स्थानीय संस्कृति बुझ्न र भाषिक पहुँच चाहने भएकाले चिनियाँ भाषामा दक्ष जनशक्ति आवश्यक भएको धारणा राखे । उनले भने, “चिनियाँ भाषाको ज्ञानले पर्यटकहरूलाई नेपालको ऐतिहासिकता बुझाउन सहयोग गर्छ र सेवाको दीर्घकालीन गुणस्तर उकास्न सघाउँछ ।”

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले भाषा तालिम कार्यक्रम नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने पहल भएको बताए । उनले तालिमले पर्यटन पेसाकर्मीहरूको सीप र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नेपालमा सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममार्फत हालसम्म २४० पर्यटन पेसाकर्मीहरूले प्रशिक्षण प्राप्त गरिसकेका छन् । यो कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएका सहमतिअनुसार सञ्चालन भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending