Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जापानको आइस्पेसको चन्द्र अभियान असफल

खबरडबली संवाददाता

टोकियो । शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो ।

तर ‘हाल उपलब्ध तथ्याङ्कको आधारमा आइस्पेशको ल्याण्डरले सम्भवतः ‘हार्ड ल्यान्डिङ’ गरेको छ,” जापानी अन्तरिक्ष कार्यक्रम (स्टार्टअप) जनाएको छ । “ल्यान्डरसँगको सम्पर्क पुनःस्थापित हुने सम्भावना कम छ”, आइस्पेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले मिसनलाई रद्द गर्ने निर्णय गरिएको छ ।” जापानका लागि अघिल्लो चन्द्र अभियानमा मिलेको असफलताको ठीक दुई वर्षपछि यो असफलता हात लागेको हो । 

कम्पनीको मानवरहित लचिलो अन्तरिक्ष यानले आफ्नो कठिन अन्तिम अवतरण सुरु गरेको थियो । “यसको मुख्य इन्जिनलाई सफलतापूर्वक प्रक्षेपण गरेको थियो,” आईस्पेसले शुक्रबार भनेको छ । मिसन कन्ट्रोलले ल्यान्डरको अवस्था ‘लगभग ठाडो’ भएको पुष्टि गरेको थियो तर त्यसपछि लयाण्डरको मिसन कन्ट्रोलसँगको सम्पर्क टुटेको थियो । 

“प्राविधिक समस्याका कारण ल्यान्डरले चन्द्रमामा अवतरणका लागि आवश्यक गति हासिल गर्न पर्याप्त गति लिन सकेन,” आइस्पेसले भनेको छ । सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, चीन, भारत र हालै जापान गरी पाँच राष्ट्रले मात्र चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेका छन् । अन्तरिक्षमा सस्तो र अधिक बारम्बार पहुँचको प्रतिज्ञा गर्दै आजभोलि निजी कम्पनीहरू यस दौडमा सामेल भइरहेका छन् । 

यात्रामा ‘रेजिलिएन्स ल्याण्डर’मा लक्जमबर्गमा निर्मित माइक्रो रोवर, टेनासियस, हाइड्रोजन र अक्सिजनमा अणुहरू विभाजन गर्ने हाइड्रो इलेक्ट्रोलाइजर र खाद्य उत्पादन प्रयोग गर्ने यन्त्रका साथै अन्तरिक्षको जटिल विकिरण परीक्षण यन्त्रसहितका उपकरणहरू थिए । रोभरले स्वीडेनका कलाकार मिकेल गेनबर्गले डिजाइन गरेको सानो मोडलको घर ‘मुनहाउस’ पनि बोकेको थियो ।

“दोस्रो प्रयास असफल भएको तथ्यलाई म गम्भीरताका साथ लिन्छु”, प्रमुख कार्यकारी अधिकृत ताकेशी हाकामादाले भने, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो परिणामलाई भविष्यको अभियानहरूका लागि पाठका रूपमा लिइनेछ ।” उनले अगाडि बढ्ने दृढ इच्छाशक्तिको वर्णन गर्दै थपे, “हामीले के भयो सावधानीपूर्वक विश्लेषण गर्नुपर्दछ ।”

गत वर्ष ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन’ चन्द्रमामा पुग्ने पहिलो निजी कम्पनी बनेको थियो । यद्यपि यसको मानवरहित ल्यान्डरले अनौठो कोणमा अवतरण गरेको थियो तर यसका बाबजुत परीक्षणहरू पूरा गर्न र फोटोहरू प्रसारण गर्न सफल भएको थियो । वासिङ्टनस्थित आइस्पेसको अमेरिकी शाखाले आयोजना गरेको वाच पार्टीसँगै शुक्रबारको प्रयासअघिको माहोल हर्षोल्लासपूर्ण थियो ।

सम्पर्क हराएपछि आईस्पेस प्रत्यक्ष प्रशारणका उद्घोषकहरूले एक सन्देशसहित हस्ताक्षर गरे जसमा भनिएको थियो, “कहिल्यै चन्द्र खोज नछोड्नुहोस् ।” यस अभियानले चन्द्रमामा माटोका दुई वटा नमूना सङ्कलन गरेर नासालाई पाँच हजार अमेरिकी डलरमा बेच्ने लक्ष्य राखेको थियो ।

नमूनाहरू चन्द्रमामा रहने भएपनि प्रतीकात्मक लेनदेनको उद्देश्य खगोलीय पिण्डहरूमा व्यापारिक गतिविधिलाई अनुमति दिनु पर्दछ भन्ने अमेरिकी अडानलाई बलियो बनाउनको लागि हो । चन्द्रमामा अवतरण गर्नु अत्यन्त चुनौतीपूर्ण छ किनकि अन्तरिक्ष यानले चन्द्रमाको भू-भागमा आफ्नो अवतरणलाई ढिलो गर्न ठीक नियन्त्रित ‘थ्रस्टर बर्निङ’मा भर पर्नुपर्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको नजिक रहेको मोन्स माउटन पठार भनिने स्थानमा अवतरण गर्न डिजाइन गरिएको अन्तरिक्षयान एथेनाले सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई रिचार्ज गर्न नसकेपछि चन्द्रमामा अवतरण गर्ने ‘इन्ट्युटिभ मेशिन’को दोस्रो प्रयास मार्चको अन्त्यमा निराशामा समाप्त भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending