Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गौरीफन्टा नाका हुँदै बुधबार स्वदेश फर्किएका तीनजनामा कोरोना संक्रमण

खबरडबली संवाददाता

धनगढी । भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै भारतबाट घर फर्कने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । गौरीफन्टा नाका हुँदै बुधबार स्वदेश फर्किएका तीनजनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । नाकामा एन्टिजेनबाट गरिएको परीक्षणमा भारतको गुजरातबाट फर्किएका अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष र दिल्लीबाट फर्किएका पुनर्वासका २० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको केन्द्रका फोकल पर्सन हेमराज जोशीले जानकारी दिए ।

त्यस्तै, भारतको पन्जाबबाट फर्किएकी धनगढीकी २४ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । ज्वरो र रुघाखोकीको लक्षण रहेका तीनैजनालाई ‘होम आइसोलेसन’मा पठाइएको जोशीले बताए । पिसिआरबाट कोरोना परीक्षणका लागि तीनैजनाको नमुना संकलन गरेर काठमाडौं पठाइएको केन्द्रले जनाएको छ । ‘पोजेटिभ देखिए नमुना संकलन गरेर पठाउनू भन्ने निर्देशन थियो,’ जोशीले भने, ‘नयाँ भेरियन्टको कोरोना हो कि भनेर पत्ता लगाउन नमुना काठमाडौं पठाएका हौँ ।’

निर्देशनालयले बुधबारबाट त्रिनगर नाकामा एन्टिजेनबाट कोरोना परीक्षण थालेको हो । ३६ जनामा एन्टिजेन परीक्षण गर्दा तीनजनामा कोरोना पोजेभिट देखिएको फोकल पर्सन जोशीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending