Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पढेर सिकेका कुरा अभ्यास गराए विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बनाउँदै त्रिवेणी मावि कटारी

खबरडबली संवाददाता

युवराज कार्की (सन्ताेष)

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको नमुना त्रिवेणी माध्यमिक विद्यालय (१–१२) कृषिमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा छ । त्यही अभियानअन्तर्गत अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई व्यावसायिक सामूहिक तरकारी खेतीमा आबद्ध गराएको छ ।

विद्यालयको प्राविधिकधारतर्फ बालीविज्ञान अध्ययन गरी एसइई दिएर बसेका विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाएर आत्मनिर्भर बनाउने काममा छ । उक्त विद्यालयमा बालीविज्ञान अध्ययन गरी जम्मा ४० जना विद्यार्थीले एसइई दिएका थिए । तिनै विद्यार्थीलाई विद्यालयको झन्डै २५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेतीमा जोडिएको छ ।

विद्यालयका प्रधानध्यापक बालकृष्ण कार्कीले बालीविज्ञान विषय अध्ययन गरी एसइईको रिजल्टको प्रतीक्षमा बसेको विद्यार्थीलाई कृषि ज्ञान केन्द्र उदयपुर र विद्यालयको सहयोगमा व्यावसायिक तरकारी खेतीमा लगाइएको बताए । उनले भने, ‘दुई तरिका प्रयोग गरेर विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाइएका छौँ । जसमा कृषि ज्ञान केन्द्रको बिउ, मल सहयोग लिएर १५ कट्ठामा र विद्यालयको बिउपुँजी सहयोगमा १० कट्ठामा तरकारी खेतीमा लगाइएको छ ।’

उनका अनुसार ज्ञान केन्द्रको सहयोगमा गरिएको १५ कट्ठाको तरकारी खेतीबाट विद्यार्थीले आम्दानी बाँडेर लिनेछन् भने विद्यालयको बिउपुँजी सहयोगमा गरिएको १० कट्ठाको तरकारी खेतीबाट सय प्रतिशतमा ३० प्रतिशत प्रशिक्षक शिक्षकले र ७० प्रतिशत विद्यार्थीले पाउनेछन् । एसइई दिएर बसेका ४० जनासँगै तरकारी खेतीमा सघाउने अहिले प्राविधिक धारतर्फका बालीविज्ञान विषयका कक्षा ९–१२ मा अध्यनरत विद्यार्थी पनि सहयोगी बनेका छन् । उनी भन्छन्, ‘०७० सालदेखि हामीले विद्यार्थीलाई विद्यालयले बिउपुँजी सहयोग गरेर ५० प्रतिशत दिएर खेतीमा लगाउँदा विद्यार्थीले धेरथोर आफ्नाे लागि खर्च निकाल्ने र व्यावसायिक खेती सिक्ने अवसर पाएका देख्यौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहाल उर्फ बादलले विद्यार्थीलाई भोलिका दिनमा आत्मनिर्भर बन्न स्वरोजगार हुने अवसर दिँदै आएको बताए । उनले भने, ‘यस्ता कार्यक्रमले बालीविज्ञानमा सिकेका ज्ञानको पुनर्ताजकी गर्न र व्यावसायिक तरकारी खेतीमा सिकेका प्राविधिक ज्ञान प्रयोग गर्न अवसर मिल्ने रहेछ ।’

विद्यालयले यसभन्दा अघि च्याउखेती र फूलखेती गरेको थियो । त्यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि यसपटक कृषि ज्ञान केन्द्रको सहयोग तरकारी खेती गरिएको दाहालको भनाइ छ । यसपटक विद्यार्थीले विद्यालयको हाताभित्र रहेको जग्गामा भिन्डी, काँक्रा, बोडी, तितेकरेला, लौकालगायतका तरकारी फलाएका छन् । प्राविधिक धारका सहायक प्रशिक्षक दीपेश थापा भन्छन्, ‘भर्खर उत्पादन हुन लागेको छ । बजारको भन्दा केही सस्तो बेच्ने लक्ष्य लिएका छौँ । विद्यार्थीको मिहिनेत राम्रो छ ।’ यसपालि अलि ठुलो परिमाणमा तरकारी उत्पादन भएकाले कटारी, दुधौली र घुर्मीलगायतका बजारसम्म पुग्ने बताइएको छ ।

एसइई दिएर घरमै बसेका विद्यार्थी नवदीप राईले उक्त तरकारी खेतीले पढेको कुरा व्यवहारमा सिक्न पाएकाले खुसी भएको बताए । उनले भने, ‘मेरो क्षेत्र कृषि हो । जागिर पनि कृषिमै खानुपर्छ पाउँदा । नत्र तरकारी खेती गरेर पनि जीवन चलाउन सकिने सिप सिकेको छु ।’ विद्यालयका अनुसार विद्यार्थीले २५ कठ्ठा तरकारी खेतीमा समूह बनाएर सामूहिक रूपमा काम गर्ने गरेका छन् । विद्यालय प्रशासनका अनुसार विद्यालयमा ०७० सालदेखि प्राविधिकधारतर्फ बालीविज्ञान पढाइ हुन थालेको हो । हाल ४० जना एसइई दिएर बसेका छन् भने कक्षा ९– मा ४८ जना, १० मा ४८ जना, ११ मा १९ र कक्षा १२ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । उक्त सामुदायिक विद्यालयमा जम्मा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE