Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पढेर सिकेका कुरा अभ्यास गराए विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बनाउँदै त्रिवेणी मावि कटारी

खबरडबली संवाददाता

युवराज कार्की (सन्ताेष)

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको नमुना त्रिवेणी माध्यमिक विद्यालय (१–१२) कृषिमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा छ । त्यही अभियानअन्तर्गत अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई व्यावसायिक सामूहिक तरकारी खेतीमा आबद्ध गराएको छ ।

विद्यालयको प्राविधिकधारतर्फ बालीविज्ञान अध्ययन गरी एसइई दिएर बसेका विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाएर आत्मनिर्भर बनाउने काममा छ । उक्त विद्यालयमा बालीविज्ञान अध्ययन गरी जम्मा ४० जना विद्यार्थीले एसइई दिएका थिए । तिनै विद्यार्थीलाई विद्यालयको झन्डै २५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेतीमा जोडिएको छ ।

विद्यालयका प्रधानध्यापक बालकृष्ण कार्कीले बालीविज्ञान विषय अध्ययन गरी एसइईको रिजल्टको प्रतीक्षमा बसेको विद्यार्थीलाई कृषि ज्ञान केन्द्र उदयपुर र विद्यालयको सहयोगमा व्यावसायिक तरकारी खेतीमा लगाइएको बताए । उनले भने, ‘दुई तरिका प्रयोग गरेर विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाइएका छौँ । जसमा कृषि ज्ञान केन्द्रको बिउ, मल सहयोग लिएर १५ कट्ठामा र विद्यालयको बिउपुँजी सहयोगमा १० कट्ठामा तरकारी खेतीमा लगाइएको छ ।’

उनका अनुसार ज्ञान केन्द्रको सहयोगमा गरिएको १५ कट्ठाको तरकारी खेतीबाट विद्यार्थीले आम्दानी बाँडेर लिनेछन् भने विद्यालयको बिउपुँजी सहयोगमा गरिएको १० कट्ठाको तरकारी खेतीबाट सय प्रतिशतमा ३० प्रतिशत प्रशिक्षक शिक्षकले र ७० प्रतिशत विद्यार्थीले पाउनेछन् । एसइई दिएर बसेका ४० जनासँगै तरकारी खेतीमा सघाउने अहिले प्राविधिक धारतर्फका बालीविज्ञान विषयका कक्षा ९–१२ मा अध्यनरत विद्यार्थी पनि सहयोगी बनेका छन् । उनी भन्छन्, ‘०७० सालदेखि हामीले विद्यार्थीलाई विद्यालयले बिउपुँजी सहयोग गरेर ५० प्रतिशत दिएर खेतीमा लगाउँदा विद्यार्थीले धेरथोर आफ्नाे लागि खर्च निकाल्ने र व्यावसायिक खेती सिक्ने अवसर पाएका देख्यौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहाल उर्फ बादलले विद्यार्थीलाई भोलिका दिनमा आत्मनिर्भर बन्न स्वरोजगार हुने अवसर दिँदै आएको बताए । उनले भने, ‘यस्ता कार्यक्रमले बालीविज्ञानमा सिकेका ज्ञानको पुनर्ताजकी गर्न र व्यावसायिक तरकारी खेतीमा सिकेका प्राविधिक ज्ञान प्रयोग गर्न अवसर मिल्ने रहेछ ।’

विद्यालयले यसभन्दा अघि च्याउखेती र फूलखेती गरेको थियो । त्यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि यसपटक कृषि ज्ञान केन्द्रको सहयोग तरकारी खेती गरिएको दाहालको भनाइ छ । यसपटक विद्यार्थीले विद्यालयको हाताभित्र रहेको जग्गामा भिन्डी, काँक्रा, बोडी, तितेकरेला, लौकालगायतका तरकारी फलाएका छन् । प्राविधिक धारका सहायक प्रशिक्षक दीपेश थापा भन्छन्, ‘भर्खर उत्पादन हुन लागेको छ । बजारको भन्दा केही सस्तो बेच्ने लक्ष्य लिएका छौँ । विद्यार्थीको मिहिनेत राम्रो छ ।’ यसपालि अलि ठुलो परिमाणमा तरकारी उत्पादन भएकाले कटारी, दुधौली र घुर्मीलगायतका बजारसम्म पुग्ने बताइएको छ ।

एसइई दिएर घरमै बसेका विद्यार्थी नवदीप राईले उक्त तरकारी खेतीले पढेको कुरा व्यवहारमा सिक्न पाएकाले खुसी भएको बताए । उनले भने, ‘मेरो क्षेत्र कृषि हो । जागिर पनि कृषिमै खानुपर्छ पाउँदा । नत्र तरकारी खेती गरेर पनि जीवन चलाउन सकिने सिप सिकेको छु ।’ विद्यालयका अनुसार विद्यार्थीले २५ कठ्ठा तरकारी खेतीमा समूह बनाएर सामूहिक रूपमा काम गर्ने गरेका छन् । विद्यालय प्रशासनका अनुसार विद्यालयमा ०७० सालदेखि प्राविधिकधारतर्फ बालीविज्ञान पढाइ हुन थालेको हो । हाल ४० जना एसइई दिएर बसेका छन् भने कक्षा ९– मा ४८ जना, १० मा ४८ जना, ११ मा १९ र कक्षा १२ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । उक्त सामुदायिक विद्यालयमा जम्मा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending