Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

संयुक्त राष्ट्रसङ्घले गाजा सहायता स्थल वरपरका ‘घातक आक्रमण’ लाई भन्यो ‘युद्ध अपराध’

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार गाजा पट्टीमा सहायता वितरण स्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ ले ‘युद्ध अपराध’ भएको बताएका छन् ।

प्यालेस्टिनी क्षेत्रका उद्धारकर्ताहरूले दक्षिणी सहर रफाहको सहायता वितरण केन्द्र नजिकै मङ्गलबार सर्वसाधारणलाई लक्षित गरी इजरायली गोली प्रहारबाट २७ जनाको मृत्यु भएको बताएका छन् । यो आइतबारको यस्तै घटनापछि आएको हो जतिबेला उद्धारकर्ताहरूले सोही स्थानमा ३१ जनाको मृत्यु भएको बताए, साक्षीहरूले उनीहरू सहायता लिन गइरहेको बताए ।

“गाजामा थोरै मात्रामा खाद्यान्न सहायता प्राप्त गर्न खोज्ने विचलित नागरिकहरूमाथि घातक आक्रमणहरू असहनीय छन्”, टर्कले एक विज्ञप्तिमा भने, “लगातार तेस्रो दिन, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) द्वारा सञ्चालित सहायता वितरण स्थल वरपर मानिसहरू मारिए । आज बिहान हामीले दर्जनौँ मानिस मारिएको र घाइते भएको जानकारी पाएका छौँ ।”

अमेरिका समर्थित जिएचएफ हालै गठन भएको समूह हो । यसलाई इजरायलले गाजामा नयाँ सहायता वितरण संयन्त्र लागू गर्न सहयोग गरेको छ । तटस्थता, निष्पक्षता र स्वतन्त्रताको मूल मानवीय सिद्धान्तहरू पूरा गर्दैन भन्ने चिन्ताका कारण संयुक्त राष्ट्रसङ्घले फाउन्डेसनसँग काम गर्दैन ।

टर्कले प्रत्येक आक्रमणको द्रुत र निष्पक्ष अनुसन्धान गर्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन आह्वान गरे । “नागरिकहरू विरुद्ध निर्देशित आक्रमणहरू अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र युद्ध अपराध हो”, उनले भने, “प्यालेस्टिनीहरूलाई सबैभन्दा बढी विकल्पहरू प्रस्तुत गरिएको छः इजरायलको सैन्यकृत मानवीय सहायता संयन्त्रमार्फत उपलब्ध गराइरहेको थोरै खानामा पहुँच गर्ने प्रयास गर्दा भोकमरीबाट मर्नु वा मर्ने जोखिम लिने । यो सैन्यीकृत प्रणालीले जीवनलाई खतरामा पार्छ र सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन गर्दछ, जस्तो कि संयुक्त राष्ट्रसङ्घले बारम्बार चेतावनी दिएको छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending