Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मेवाको जूस उत्पादन सुरु

खबरडबली संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेमा मेवाको जुस उत्पादन सुरु गरिएको छ । २० जना कृषक आबद्ध टियमजि एग्रो कृषक समूहले निर्माण गरेको मेवाको जुस प्रशोधन सेन्टरले आइतबारबाट जुस उत्पादन सुरु गरेको हो ।

जुस प्रशोधन सेन्टरको बागमती प्रदेश सांसद युवराज चौलागाईं र खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्घाटन गरे । यो जुस प्रशोधन सेन्टर कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय धनकुटाको ४० लाख रुपैयाँ अनुदान र समूहको ६७ लाख रुपैयाँ लगानीमा निर्माण भएको सो समूहका जनकलाल तामाङले बताए । 

आफूहरूको समूहले तीन वर्ष भन्दा बढी समयदेखि मेवा खेती गरिरहेको र मेवा राम्रो उत्पादन भइरहेको बताए । उनले भने, “मेवाको खेती राम्रो हुँदै गयो । व्यापक रूपमा विस्तार पनि गरियो । मेवाको उत्पादन बढेपछि यसको जुस उत्पादन गर्ने सोच समूहमा आयो । सोही सोच अनुसार जुस उत्पादन थालेका छौँ ।” गाउँ घरमा फलेका मेवा लगायत अन्य फलफूलको जुस उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य टिएमजी एग्रो कृषक समूहको रहेको उनले बताए । 

मेवा खेतीको विस्तार गरिरहेको टियमजि एग्रो कृषक समूहले १५० रोपनी भन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहर लाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाख भन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपैयाँको मेवा बिक्री भएको उनले बताए । 

यो समूहको कृषि कर्मले यति बेला जिल्लासम्म चर्चा पाएको छ । मेवा सबैले रुचाउने फल भएकाले बजारको खासै समस्या पनि छैन । रोपेको ५० दिनदेखि फल लाग्न थाल्ने मेवाले ७ महिनामा उत्पादन दिन्छ । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने तामाङले बताए । मेवा बगैँचामा पुग्नेले प्रतिकेजी ५० देखि ६० रुपैयाँमा मेवा पाउँछन् । बगैँचाबाट बजारमा पुगेको मेवाले प्रतिकेजी १५० सम्म मूल्य पाएको तामाङले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending