Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

चार देशको टीपीएस खारेज, पाँच लाख आप्रवासी प्रभावित

खबरडबली संवाददाता

अमेरिका। अमेरिकी गृह सुरक्षा विभागले चार वटा देशको अस्थायी संरक्षित स्थिति (टीपीएस)खारेज गर्न गरेको निर्णयलाई सर्वोच्च अदालतले अनुमति दिएको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले धेरै अघिदेखि टीपीएस खारेज गर्ने निर्णय गरेता पनि वोस्टनको सङ्घीय अदालतले यसलाई रोकेको थियो । बिहीबार सर्वोच्च अदालतले चार वटा देश क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीहरुको टीपीएस खारेज गर्ने सरकारको निर्णयलाई अनुमति दिएको कुरा समाचारपत्र पोलिटिकोले जनाएको छ ।

यो अनुमतिसँगै अबको केही दिनमा ती पाँच लाख आप्रवासीहरु स्वैच्छाले या त स्वदेश जानुपर्नेछ या सरकारी गिरफ्तारीमा परेर निष्काशित हुनुपर्नेछ ।

प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका वैध आप्रवासीहरुलाई अमेरिकाले अस्थायी रुपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।

राष्ट्रपति जर्ज डब्लु वुसको कार्यकालमा सन् १९९० मा इमिग्रेसन याक्टका रुपमा यो कानुन ल्याइएको हो । हाल विश्वका करिब १७ देशका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिएको छ । सर्वोच्चको यो अनुमतिसँगै अब हेटीका टीपीएस वाहकले अगष्ट २५ भित्र अमेरिका छोड्नु पर्ने छ या त अवैध रुपमा लुकीछिपी रहनुपर्ने छ ।

यी पाँच लाख बाहेक सर्वोच्चको यो अनुमतिले अरु पाँच लाख मानिसहरु पनि प्रभावित हुने बताइएको छ । पोलिटिकोका अनुसार, युक्रेन, अफगानिस्तान र मध्य अमेरिकाका करिब पाँच लाख टीपीएस वाहकहरु अर्को निसानामा पर्नेछन् ।

नेपालीहरुको टीपीएसको म्याद भने स्वत: डिसेम्वरसम्म थप भएको छ । नेपाली टीपीएस वाहकहरु झण्डै आठ हजार रहेको बताइएको छ ।

घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द छन्। त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनको दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायकनै गगन हो, उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लग...

'मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद' भन्दै विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम: विपद् व्यवस्थापनदेखि खानेपानी र सहरी योजनामा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...

असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...

रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending