कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १३ मा ऐलानी जग्गा नापजाँच सुरु भएको छ ।
वडाध्यक्ष रामबहादुर बोहराले मंगलबारदेखि वडाको दक्षिण भूगोल जिरो प्वाईन्ट हात्तीसारबाट ऐलानी जग्गा नापजाँच शुरु गरिएको बताए । वडाध्यक्ष बोहराले वषौँदेखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न शुरु गरिएको बताए ।
आफूले चुनावका बेला गरेको बाचाअनुरुप नागरिकलाई जमिनको स्वामित्व दिलाउने वडाध्यक्ष बोगटीले बताए । छुट भएकालाई समावेश गर्न आयोगसँग छलफल गरिने उनको भनाइ छ । वडा सचिव हर्कबहादुर धामीले यसअघि भूमिहिन दलिततर्फ १३, सुकुमबासीतर्फ ३ र अव्यवस्थित बसोबासीतर्फ ३१८ जनाले फारम भरेको बताए । वडा सचिव धामीले नापजाँचको कामकाज शुरुवात भएसँगै जग्गाधनी प्रमाण पत्र वितरणका लागि आयोगमार्फत अघि बढ्ने बताए ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर आयोगले तिव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको बताउँदै नपाजाँचसंगै लालपुर्जा वितरण गरिने उल्लेख गरे । १९ वडा रहेको भीमदत्त नगरपालिकाले सबै वडाहरुमा जमिन नापजाँच हुने जनाएको छ । भीमदत्त नगरका मेयर पदम बोगटीले नगरका सबै भूमिहिन सुकुमबासी, अव्यवस्थित बसोबासी, भूमिहिन दलितलाई चुनावी प्रतिबद्धताअनुरुप जमिनको मालिक बनाउने बताउँदै आएका छन् । मेयर बोगटीले सबै जिम्मेबार निकायलाई भूमिको समस्या समाधानतर्फ गम्भिर भएर लाग्न आग्रह गरेका छन् ।
भूमि आयोग कञ्चनपुरले यसअघि दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहिन जनतालाई लालपुर्जा वितरण गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: